प्रेसलाई अकुंश लगाउने कानून स्वीकार नहुनेः अध्यक्ष पोखरेल

 लिम्बुवान न्युज
                       

लिख, बुटवल । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले संघ र प्रदेश सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सकुंचन गरेर कानून निर्माण गरेकोमा आपत्ति जनाएका छन् ।

बुटवलमा शुरू भएको महासंघको आयोजना तथा रूपन्देही शाखाको समन्वयमा आधारभूत पत्रकारिता तालिमको उद्घाटन गर्दै अध्यक्ष पोखरेलले प्रेसलाई अकुंश लगाउने कुनैपनि कानून स्वीकार्य नहुने बताए ।

लुम्बिनी र गण्डकी प्रदेश सरकारले ल्याएका प्रदेश सञ्चार विधेयक प्रेस स्वतन्त्रता विरोधी रहेको भन्दै उनले प्रेसमैत्री कानून बनाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराए । अध्यक्ष पोखरेलले प्रेस स्वतन्त्रताविरोधी विधेयकहरु फिर्ता गर्नुपर्ने बताए ।

यसैगरी निवर्तमान अध्यक्ष गोविन्द आचार्यले अध्ययन र तालिमबाट क्षमता विकास गरेर पत्रकारिता गरेमा यसक्षेत्रमा प्रशस्त अवसर भएको बताएका छन् । तालिममा रुपन्देहीका ४० जनाको सहभागिता रहेको महासंघका जिल्ला अध्यक्ष रामराज पोखरेलले बताएका छन् ।

सम्बन्धित समाचार

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...