पाँचथर काँग्रेसको प्रदेश क्षेत्र सभापतिमा योङहाङ र श्रेष्ठ निर्वाचित

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ५ मंसिर । नेपाली काँग्रेस पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न प्रदेश ‘क’ को सभापतिमा भगिश्वर योङहाङ र प्रदेशसभा ‘ख’ को सभापतिमा मैया श्रेष्ठ (लाओती) निर्वाचित भएका छन् ।

शनिबार साँझ आएको अन्तिम मतपरिणाम अनुसार निर्वाचन क्षेत्र ‘क’ सभापतिमा योङहाङ २६९ मतकासाथ बिजयी बनेका हुन् । उनका प्रतिश्पर्धी कुमार राई (प्रताप) ले २६२ मत प्राप्त गरे । उपसभापतिमा भरत खपाङ्गी र सीताराम न्यौपाने सर्बसम्मत निर्वाचित भएका छन् । सचिवमा सुन्दर आचार्य र सन्तोष मोक्तान त्यस्तै सहसचिवमा नरेन्द्र पन्धाक र सुन्दर थोक्लिहाङ विजयी बनेका छन् । पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा योङहाङको प्यानलै बिजयी बनेको हो । निर्वाचन क्षेत्र ‘क’ मा जम्मा ५८४ मतमध्ये ५७२ मत खसेको थियो ।

त्यस्तै पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा मैंया श्रेष्ठ (लाओती) निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी नगेन्द्र कुमार लामालाई पराजीत गरेकी हुन् । श्रेष्ठले २७३ मत प्राप्त गर्दा लामाले २०९ मत प्राप्त गरेका थिए । उपसभापतिमा जीत बहादुर भण्डारी र तेज बहादुर चेम्जोङ निर्वाचित भएका छन् । भण्डारी श्रेष्ठ प्यानल र चेम्जोङ लामा प्यानलका हुन् । सचिवमा भने भरत तुम्बापो र भक्त लाओती निर्बिरोध निर्वाचित भएका छन् । सहसचिवमा लामा प्यानलका नरेन्द्र शेर्मा र श्रेष्ठ प्यानलका ज्योति प्रभा भण्डारी निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र ‘ख’ मा ५०५ मतमध्ये ४९३ मत खसेको थियो ।

पाँचथर काँग्रेसमा यसपल्ट निकै कडा प्रतिश्पर्धा देखिएको छ । जिल्ला नेतृत्वका लागि सुरेन्द्र कुमार दाहाल र रुपनारायण जबेगु प्यानल सहित चुनाबी मैदानमा छन् । निर्वाचित क्षेत्रीय सभापतिमध्ये योङहाङलाई जबेगु र श्रेष्ठलाई दाहालको साथ थियो ।

सम्बन्धित समाचार

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

;