माओवादीको ८० प्रतिशत वडा सम्मेलन सम्पन्न : वडामा सबै सर्वसम्मत निर्वाचित

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८० प्रतिशत बढी वडा तहमा सम्मेलन सम्पन्न गरेको । नयाँ नेतृत्व सबै सर्वसम्मत निर्वाचित भएको निर्वाचन आयोगका प्रमुख विष्णु कुमार श्रेष्ठले बताए ।

माओवादी केन्द्रले गत शनिबार देशभर एकैसाथ वडा सम्मेलन गर्ने घोषणा गरेको थियो । यद्यपी सबैमा चुनाव सकिएको छैन अब २० प्रतिशत वार्डहरुमा चुनाव हुन बाँकी रहेको जनाइएको छ ।

चार्डपर्व, शोक लगायत विविध कारण एउटै समयमा सम्मेलन हुन नसकेको अयोग प्रमुख श्रेष्ठले बताए । ‘८० प्रतिशत वडामा सम्मेलन हुँदा नेतृत्व चयनका लागि निर्वाचन गर्नुपरेको जानकारी आएको छैन’ उनले भने ।

वडा सम्मेलनबाट महानगरपालिकामा ४५, उपमहानगरपालिकामा ३५ तथा नगरपालिका र गाउँपालिकामा २९÷२९ सदस्यीय वडा समिति विहान अनुसार निर्वाचित भएको मओवादीले जनाएको छ ।

माओवादी केन्द्रले देशभर ६ हजार ७४३ वटा वडाहरुमा सम्मेलन गर्न ३ सदस्यीय निर्वाचन समितिहरु गठन गरेको थियो । अब मंसिर ११ गते सबै पालिकाहरुमा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि माओवादीले सम्मेलन तोकेका छ ।

माओवादीले राष्ट्रिय महाधिवेशन आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा गर्नेछ ।

सम्बन्धित समाचार

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...