नाल्बो सेवा समाज नेपालको अध्यक्षमा मोहन कुमार नाल्बो

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर संवाददाता । नाल्बो सेवा समाज नेपालको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार धरानस्थित लाङ्घाली सामुदायिक भवनमा सम्पन्न अधिवेशनले मोहन कुमार नाल्बोको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो ।

सेरेङ चोङबाङ सयङका अध्यक्ष गजेन्द्र चोङबाङको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा सेरेङ मादेन सयङका उपाध्यक्ष प्रेम सेरेङ मादेनको विशेष आतिथ्यता रहेको थियो ।

दोस्रो अधिवेशनले अध्यक्षसँगै उपाध्यक्षमा इन्द्र प्रसाद नाल्बो, सचिवमा अशोक नाल्बो, सह–सचिवमा टिका नाल्बो र कोषाध्यक्षमा बिन्द्र कुमार नाल्बो सर्वसम्मतमा निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः निशा नाल्बो, राजेश नाल्बो, सुरेन्द्र नाल्बो, वीर बहादुर नाल्बो, लक्ष्मी नाल्बो र सुरेश नाल्बो चयन भएका छन् ।

कार्यक्रमको अध्यक्षता मोहन कुमार नाल्बोले गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य अशोक नाल्बो र संचालन इन्द्र प्रसाद नाल्बोले गरेका थिए । कार्यक्रममा अध्यक्षको सांगठानिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसहमतिमा पारित भएकोे थियो ।

उक्त साधारण तथा तथा अधिवेशनले वंशावली लेखन समिति अध्यक्ष सेसेमी से नाल्बो र सचिव कमल कुमार नाल्बोलाई ताम्रपत्रसहित अध्यक्षलाई ३ लाख र सचिवलाई २ लाख नगदले सम्मान गरिएको सचिव कमलकुमार नाल्बोले जनाएका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...

माघ २५ देखि ‘पवित्रहाङमा कप’ हुने

दमक, ११ माघ । किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ आउदो माघ २५ गतेदेखि फागुन ३ गतेसम्म संचालन हुने भएको...