लिम्बुवान मञ्चका केन्द्रीय नेताहरुकाे विर्तामोडमा अन्तरक्रिया

,   लिम्बुवान न्युज
                       

विर्तामोड, ७ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको आसन्न महाधिवेशनलाई लक्षित गर्दै संघीय लिम्बुवान मञ्च, नेपालका झापा जिल्लाका केन्द्रीय नेताहरु बिच अन्तरक्रिया भएको छ । विर्तामोडस्थित होटल डेनियलको सभाहालमा मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको अध्यक्षतामा अन्तरक्रिया भएको हो ।

मञ्चका प्रान्तीय महासचिव अशोक चेम्जोङद्वारा आगामी मंसिर २४ र २५ गते हुने लिम्बुवान प्रान्तीय मञ्चको तेस्रो अधिवेशन र २६ र २७ गते हुने संघीय मञ्चको तेस्रो संघीय राष्ट्रिय महाधिवेशन कसरी सफल पार्ने बारे अन्तरक्रियामा धारणा राखेका थिए । मञ्चको विधान लगायतका विषयहरुमा आजबाट छलफल अघि बढेको पनि उनले अन्तरक्रियामा धारणा राखेका थिए ।

मञ्चको महाधिवेशन पूर्व सबै प्रान्तीय मञ्चहरुको अधिवेशन सक्ने गरी मञ्चले यतिबेला देशव्यापी कार्यक्रम तय गरेको संघीय मञ्चका महासचिव सुरेन्द्र लिम्बु नोनामले बताए । मञ्चको राजनैतिक अवधारणा अनुरुप १०+१ प्रान्तहरुको अधिवेशन सम्पन्न गर्दै महाधिवेशनमा सरिक हुन तमाम नेता तथा कार्यकर्ताहरुलाई महासचिव लिम्बुले आग्रह गरेका छन् ।

महाधिवेशनलाई उत्सवको रुपमा लिर्दै भएका कमीकमजोरीलाई मिलाएर संगठनलाई संघीयताको पक्षमा वकालत गर्ने एक मात्र बैकल्पिक शक्ति निर्माण गरी अघि बढेको पार्टीको रुपमा स्थापित गर्न तमाम नेता कार्यकर्ताहरुको उत्तिकै जिम्मेवारी भएको भन्दै उपस्थित झापाका सबै केन्द्रीय नेताहरुले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा महासचिव संगम खनाल लगायत जिल्लाका नेताहरुको सहभागीता रहेको थियो । नेताहरुले एउटै धारणा राख्दै आगामी महाधिवेशनमा चुस्त दुरुस्त संगठन बनाउँदै अत्यन्तै चलायामान नेताहरु पार्टीका सक्रिय हुनु पर्ने सुझाव दिएका छन् ।

त्यसैगरी पार्टीका उपमहासचिव तथा क्रियासिल विभाग हेरिरहेका दिलुकमार लावतीले सबै केन्द्रीय नेताहरुले क्रियासिल सदस्यता आगामी मंसिर १५ भित्र अनिवार्य नविकरण गर्न सुझाएका छन् भने केन्द्रबाट प्राप्त क्रियासिल सदस्यता नम्बरलाई जिल्ला, नगर र वार्डमा समेत अपडेट गरेर महाधिवेशनमा आउन भनेका छन् । महाधिवेशन प्रतिनिधि भएर आउन जिल्लाबाट अनिवार्य सिफारिस भएर आउनु पर्ने नेताहरुलाई जनाएका छन् । पार्टीले सर्कुलर गरेको लेवी रकम समेत अनिवार्य बुझाउन अनुरोध गर्दै संगठनलाई पद्दतीमा लान पहिला केन्द्रीय नेताहरु नै जिम्मेवार हुनुपर्ने बताए ।

वितग भन्दा फरक हुने यो महाधिवेशनले नेताहरुलाई पदिय जिम्मेवारी लिई रहँदा आफू सक्षम छु कि छैन भनेर गाउँ स्तरबाटै सिफारिस हुनु ठूला राजनैतिक पार्टीहरुको जस्तै प्रक्रिया भएको हुँदा सबै नेताहरुलाई पार्टीको सर्कुलर बमोजिम महाधिवेशनमा आउन उपाध्यक्ष इम्बुङले नेताहरुलाई अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

;