डिकेन्द्र बने कांग्रेस इलाम क्षेत्र नं. २ का सभापति

 लिम्बुवान न्युज
                       

इलाम, ८ मंसिर । नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदमा डिकेन्द्र इधिङगो निर्वाचित भएका छन् । माङसेबुङ् गाउँपालिकाका अध्यक्ष समेत रहेका इधिङ्गो भारी मतले विजयी भएका हुन् ।

सभापतिमा निर्वाचित इधिङगोले ४३२ मत प्राप्त गरेका छन् भने उनका निकट्म प्रतिद्वन्दी नुतनदेव दुलालको २९८ मत आएको छ । त्यसैगरी तेस्रो हुने नरेश श्रेष्ठको १८८ मत ल्याएका छन् भने चौथो हुने मनकुमार बुढाथोकीले ७४ मत पाएका छन् ।

सार्वजनिक मत परिणाम अनुसार इलाम क्षेत्र नं. २ मा १ हजार ६५ मतदाता रहेकोमा सोमबार भएको निर्वाचनमा १ हजार ४८ मत खसेको थियो ।

त्यसैगरी सचिवमा बविन धनकुमार राई र सुवास घिमीरे निर्वाचित भएका छन् भने सह–सचिवमा अम्बिका चौहान र खोम खतिवडा निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...

माघ २५ देखि ‘पवित्रहाङमा कप’ हुने

दमक, ११ माघ । किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ आउदो माघ २५ गतेदेखि फागुन ३ गतेसम्म संचालन हुने भएको...