डिकेन्द्र बने कांग्रेस इलाम क्षेत्र नं. २ का सभापति

 लिम्बुवान न्युज
                       

इलाम, ८ मंसिर । नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदमा डिकेन्द्र इधिङगो निर्वाचित भएका छन् । माङसेबुङ् गाउँपालिकाका अध्यक्ष समेत रहेका इधिङ्गो भारी मतले विजयी भएका हुन् ।

सभापतिमा निर्वाचित इधिङगोले ४३२ मत प्राप्त गरेका छन् भने उनका निकट्म प्रतिद्वन्दी नुतनदेव दुलालको २९८ मत आएको छ । त्यसैगरी तेस्रो हुने नरेश श्रेष्ठको १८८ मत ल्याएका छन् भने चौथो हुने मनकुमार बुढाथोकीले ७४ मत पाएका छन् ।

सार्वजनिक मत परिणाम अनुसार इलाम क्षेत्र नं. २ मा १ हजार ६५ मतदाता रहेकोमा सोमबार भएको निर्वाचनमा १ हजार ४८ मत खसेको थियो ।

त्यसैगरी सचिवमा बविन धनकुमार राई र सुवास घिमीरे निर्वाचित भएका छन् भने सह–सचिवमा अम्बिका चौहान र खोम खतिवडा निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...