जसपाको प्रदेश १ स्तरीय पार्टी समायोजन सम्पन्न, अध्यक्ष बने चाम्लिङ

 लिम्बुवान न्युज
                       

दमक, ८ मंसिर । जनता समाजवादी पार्टी नेपालको प्रदेश नम्बर १ स्तरीय समायोजन सम्पन्न भएको छ । मंगलबार जसपाको इटहरीस्थित प्रदेश कार्यालयमा पूर्व समाजावादी पार्टी र पूर्व राष्ट्रिय जनता पार्टीबीच प्रदेश १ मा सम्पन्न समायोजनले प्रवीण चाम्लिङको अध्यक्षतामा जसपा प्रदेश समिति, प्रदेश नम्बर १ को १ सय ३३ सदस्सीय समिति घोषणा गरेको हो ।

पूर्व समाजवादीतर्फबाट १ सय १८ र पूर्व राजपातर्फबाट १५ जना गरी १ सय ३३ सदस्यीय समितिमा अध्यक्ष बाहेक समाजवादीका १० र राजपाका ४ पदाधिकारी छन् ।

घोषित १ सय ३३ सदस्यीय प्रदेश समितिमा ७ उपाध्यक्ष, १ मुख्य सचिव, ५ सचिव र १ कोषाध्यक्ष छन् । त्यस्तै सल्लाहकार प्रमुख, प्रदेश विज्ञ परिषद् प्रमुख, निर्वाचन आयोग प्रमुख, अनुशासन आयोग प्रमुख र लेखा आयोग प्रमुख गरी ५ निकायका प्रमुखहरुको हैसियत पनि पदाधिकारी सरह हुने जसपाको अन्तरिम विधानमा उल्लेख छ ।

कार्यक्रमका प्रमुख अतिथि जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् प्रदेश पार्टी समायोजन कार्यदलका सदस्य पर्शुराम बस्नेतले समायोजित समितिको नामावली घोषणासहित सपथ गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सुज अभियान प्रदेश नम्बर १ सदस्य सचिव समेत रहेका बस्नेतले पार्टीले संचालन गरिरहेको सुज अभियानमा सशक्त भएर लग्न प्रदेशका पदाधिकारी र सदस्यहरुलाई निर्देशन दिएका थिए ।

प्रवीण चाम्लिङको अध्यक्षतामा सम्पन्न समायोजन कार्यक्रममा जसपा केन्द्रीय सदस्य दिनेश मेहत्ताले स्वागत गरेका थिए भने जसपा केन्द्रीय सदस्य दिपक मेन्याङ्बोले जसपा निकट सुकुम्बासी समितिको प्रदेश १ स्तरीय समिति घोषणा गरेका थिए ।

त्यस्तै समायोजन कार्यक्रम सकिए लगत्तै बसेको जसपा प्रदेश नम्बर १ को बैठकले यसअघि पदाधिकारी बैठकले गरेका निर्णयहरु अनुमोदन गरेको छ ।
मुख्य सचवि प्रभुराम श्रेष्ठले दिएको जानकारी अनुसार बैठकले झापाको भद्रपुरदेखि सुनसरीको भण्टाबारीसम्म हुलाकी मार्ग केन्द्रीय सुज अभियानको प्रचारात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ । सो कार्यक्रमको आवश्यक समन्वय गर्ने जिम्मेवारी अध्यक्ष चाम्लिङलाई दिइएको छ ।

त्यस्तै बैठकले यसअघि मंसिर १ गते सम्पन्न पदाधिकारी बैठकले थप गरेका ८ जना प्रदेश सदस्यहरुको नामावली अनुमोदन गरेको श्रेष्ठले बताए ।

सम्बन्धित समाचार

पहिचान आन्दोलनका प्रथम शहीद पदमकुमार लिम्बुको शहादत्ताको चर्चाः समाधिस्थल लगायत विभिन्न स्थानमा स्मृतिसभा सम्पन्न

दमक, १० चैत्र । प्रदेश नं. १ को नामाङकन कोशी राखेसँगै उठेको पहिचानवादी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ) शहादत्त भएको आज एक बर्ष पुरा भएको छ । शहीद लाजेहाङको साहदतको चर्चा गर्दै शनिबार मोरङको...

महागुरु फल्गुनन्दको समाधिमा शालिक नराख्न संघको अनुरोध

दमक, १० चैत्र । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकास्थित वडा नं. २ र ३ तथा फिदिम नपा वडा नं. ३ को संगम स्थल सिलौटीमा राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको शालिक नराख्न सो क्षेत्र संरक्षण गर्दै आएका किराती...

इलाम २ मा पत्रकार मिलन लिम्बुको स्वतन्त्र उम्मेदारी घोषणा

दमक, ४ चैत्र । नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौं अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनमा स्वतन्त्र...

इलाम २ मा डकेन्द्रसिंह थेगीम लिम्बु पहिचान पक्षधरहरुको साझा उम्मेदवार घोषणा

ललितपुर, चैत्र ३ । ‘कोशी’ नाम विरुद्व आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पहिचान पक्षधरहरुको आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् । संघर्ष समितिले बिहीबार...