जसपाको प्रदेश १ स्तरीय पार्टी समायोजन सम्पन्न, अध्यक्ष बने चाम्लिङ

,   लिम्बुवान न्युज
                       

दमक, ८ मंसिर । जनता समाजवादी पार्टी नेपालको प्रदेश नम्बर १ स्तरीय समायोजन सम्पन्न भएको छ । मंगलबार जसपाको इटहरीस्थित प्रदेश कार्यालयमा पूर्व समाजावादी पार्टी र पूर्व राष्ट्रिय जनता पार्टीबीच प्रदेश १ मा सम्पन्न समायोजनले प्रवीण चाम्लिङको अध्यक्षतामा जसपा प्रदेश समिति, प्रदेश नम्बर १ को १ सय ३३ सदस्सीय समिति घोषणा गरेको हो ।

पूर्व समाजवादीतर्फबाट १ सय १८ र पूर्व राजपातर्फबाट १५ जना गरी १ सय ३३ सदस्यीय समितिमा अध्यक्ष बाहेक समाजवादीका १० र राजपाका ४ पदाधिकारी छन् ।

घोषित १ सय ३३ सदस्यीय प्रदेश समितिमा ७ उपाध्यक्ष, १ मुख्य सचिव, ५ सचिव र १ कोषाध्यक्ष छन् । त्यस्तै सल्लाहकार प्रमुख, प्रदेश विज्ञ परिषद् प्रमुख, निर्वाचन आयोग प्रमुख, अनुशासन आयोग प्रमुख र लेखा आयोग प्रमुख गरी ५ निकायका प्रमुखहरुको हैसियत पनि पदाधिकारी सरह हुने जसपाको अन्तरिम विधानमा उल्लेख छ ।

कार्यक्रमका प्रमुख अतिथि जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् प्रदेश पार्टी समायोजन कार्यदलका सदस्य पर्शुराम बस्नेतले समायोजित समितिको नामावली घोषणासहित सपथ गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सुज अभियान प्रदेश नम्बर १ सदस्य सचिव समेत रहेका बस्नेतले पार्टीले संचालन गरिरहेको सुज अभियानमा सशक्त भएर लग्न प्रदेशका पदाधिकारी र सदस्यहरुलाई निर्देशन दिएका थिए ।

प्रवीण चाम्लिङको अध्यक्षतामा सम्पन्न समायोजन कार्यक्रममा जसपा केन्द्रीय सदस्य दिनेश मेहत्ताले स्वागत गरेका थिए भने जसपा केन्द्रीय सदस्य दिपक मेन्याङ्बोले जसपा निकट सुकुम्बासी समितिको प्रदेश १ स्तरीय समिति घोषणा गरेका थिए ।

त्यस्तै समायोजन कार्यक्रम सकिए लगत्तै बसेको जसपा प्रदेश नम्बर १ को बैठकले यसअघि पदाधिकारी बैठकले गरेका निर्णयहरु अनुमोदन गरेको छ ।
मुख्य सचवि प्रभुराम श्रेष्ठले दिएको जानकारी अनुसार बैठकले झापाको भद्रपुरदेखि सुनसरीको भण्टाबारीसम्म हुलाकी मार्ग केन्द्रीय सुज अभियानको प्रचारात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ । सो कार्यक्रमको आवश्यक समन्वय गर्ने जिम्मेवारी अध्यक्ष चाम्लिङलाई दिइएको छ ।

त्यस्तै बैठकले यसअघि मंसिर १ गते सम्पन्न पदाधिकारी बैठकले थप गरेका ८ जना प्रदेश सदस्यहरुको नामावली अनुमोदन गरेको श्रेष्ठले बताए ।

सम्बन्धित समाचार

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

;