आशा पाल संघीय मधेस मञ्चको प्रथम अधिवेशनबाट बनिन अध्यक्ष

,   लिम्बुवान न्युज
                       

लाहान, ८ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय मधेस मञ्च, नेपालको प्रथम अधिबेशन सम्पन्न भएको छ । बुधबार सिराहाको लाहानमा सम्पन्न अधिवेशनले महिला नेत्री आशा पाललाई अध्यक्षमा निर्वाचित गरेको हो । प्रथम अधिवेशनबाटै मधेश प्रान्तले अध्यक्षमा महिला नेत्रीलाइ मधेशकाे जिम्मेवारी दिएकाे छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम अधिवेशनबाट महिला नेत्री पालको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति चयन गरिएको हो ।

प्रथम अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले नेपालका सम्पूर्ण उत्पीडित, उपेक्षित वर्ग र समुदाय एक हुनुपर्ने बताएका छन् । वहाँले सच्चा पहिचानको राजनीति संघीय मञ्चले मात्र गरिरहेकोले अबको निर्वाचनमा संघीय मञ्चलाई जिताउन मधेशका जनताहरुलाई अग्रह गरेका छन् । त्यसैगरी कार्यक्रममा मञ्चका बरिस्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्, लिम्बुवान प्रान्तीय महासचिव शान्ता योङहाङ्, दलित मुक्ति मञ्चका अध्यक्ष रमेश गजमेर, उपाध्यक्ष बलराम सदा लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा पालको अध्यक्षतामा गठित समितिको उपाध्यक्षहरुमा मदन बहादुर घले, रमेश कुमार शाह, महासचिवमा इन्द्र बहादुर घिसिङ, सचिवहरुमा तीर्थ बहादुर घिसिङ, रमेश कुमार शाह र गीता पाल त्यसैगररी कोषाध्यक्षमा विकास मुक्तान निर्वाचित भएका छन् ।

त्यसैगरी सचिबालय सदस्यहरु सुरज तामाङ, धुनी महतो, राम कुमार ठाकुर, आनन्द चौधरी रहेका छन् भने सदस्यहरुमा शंकर लाल दोङ, सीता महतो, प्रदीप पाल, कविता महतो, निलम देवि सदा, देवेन सदा, लगन देवि सदा, बद्री चौधरी, जगाइ शाह, महादेव शाह र रिता देवी पाल रहेका छन् ।

कार्यक्रममा मञ्चका संघीय सदस्यहरु चन्द्र लावासा, दिलु लिङदेन, सुर्य लिम्बु र विद्यार्थी नेता सेसेहाङ चोङबाङको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

;