लिम्बुवान सामाजिक मञ्च, मलेसियाको क्वालालम्पुर क्षेत्रीय समिति अध्यक्षमा कुमार लिवाङ

 लिम्बुवान न्युज
                       

मलेशिया, ८ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास समिति मलेशियाको शाखा समिति क्वालालम्पुरको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

मंगलबार क्वालालम्पुरमा आयोजित कार्यक्रमले कुमार लिवाङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा नन्दराज योङहाङ लिम्बु, उपाध्यक्षमा मदन लिम्बु, इन्द्र भावुक तुम्बापो लिम्बु, महासचिवमा भरत याक्थुङबा लिम्बु, अर्थसचिवमा सुन्दर कुमार तेन्युङ लिम्बु, सचिवमा भानुभक्त रोक्का, तुलसिराम तेन्युङ, प्रशु नाल्बो लिम्बु (पायल), डम्बर तेन्युङ, जितेन्द्र याक्खा, जयप्रकाश लुङमाहिम चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा प्रसु नाल्बो (लिम्बु पायल), डम्बर तेन्युङ, जितेन्द्र याक्खा, जयप्रका लुङमाहिम र तुलसीराम तेन्युङ रहेका छन् । संरक्षकमा समीर चेन्जी मावो र रविन योङहाङ रहेका छन् भने बरिष्ठ सल्लाहकारमा अटल सेनेहाङ लिम्बु रहेका छन् ।

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...