नेपाली कांग्रेस झापामा उम्मेद्वारी घोषणा, थेवे र कट्टेल भिड्ने

 लिम्बुवान न्युज
                       

दमक/ नेपाली कांग्रसको १४ औं महाधिवेशन अन्तरगत हुने झापा जिल्ला समितिको निर्वाचनका उम्मेदवारहरुको नाम सार्वजनिक भएको छ । बिहिबार मनोनयन गर्ने तयारीमा रहेका देउमान थेवेको समुह र राम कट्टेलको समुहका उम्मेदवारहरुको नाम सार्वजनिक भएको हो ।

सभापति पदका उम्मेद्वार देउकुमार थेबेले आफ्नो टिमका पदाधिकारीको नाम पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेका हुन् । थेवे नेतृत्वको टिममा उपसभापतिमा शेरबहादुर भट्टराई, केशवराज पाण्डे, सचिव कृष्ण हुमागाँई, नविन बिमली, सहसचिव कालेन्द्र राजवंशी र कमल भण्डारीका रुपमा सार्वजनिक गरिएका छन ।

समावेशी जुझारु भनिएको सो टिममा जिल्ला सभापतिका उम्मेद्वार थेबे क्षेत्र नं ४, उपसभापति भट्टराई क्षेत्र नं ५, उपसभापति पाण्डे क्षेत्र नं १ , सचिव हुमागाँई क्षेत्र नं २, सचिव बिमली क्षेत्र नं ३, सहसचिव राजवंशी क्षेत्र नं ३ र अर्का सहसचिवका उम्मेद्वार भण्डारी क्षेत्र नं ४ बाट रहेका छन् ।

आफ्नो टीमको घोषणा गर्दै जिल्ला सभापतिका उम्मेद्वार थेबेले १३ औं महाधिवेशनमा भएको ९ बुँदे सहमतिलाई टेकेर अग्रज नेताहरुको समर्थनमा आफ्नो साझा र सहमतिको उम्मेद्वारी भएको बताउँदै आगामी दिनमा पार्टीलाई अझ चुस्त दुरुस्त बनाएर लैजान आफू नेतृत्वको टिमलाई जिताउन आव्हान गरे ।

घोषणा कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले केपी ओलीको जिल्लामा निर्वाचनमा भिड्नु पर्ने भएकाले पार्टीको नेतृत्व हाँक्न सक्ने बाघका रुपमा थेवेलाई ल्याएको बताए । उनले जिल्ला अधिवेशनमा कडा प्रतिष्पर्धा हुने भएकाले आफ्ना प्यानलका उम्मेद्वारलाई जिताउन चुनावमा कटिवद्ध भएर लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे । कार्यक्रममा केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी, पूर्व सांसद डिल्लीप्रसाद सिटौला , जिल्ला सभापति उद्धव थापालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसैगरी राम कट्टेलको समुहका उम्मेद्ववारको पनि नाम सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको छ । सभापतिका उम्मेद्ववार कट्टेलसहित उपसभापतिको उम्मेदवारका रुपमा सहिद राजन गिरीका बुबा सम्शेर (केदार गिरी) र हालका जिल्ला सचिव प्रेम सम्बाहाम्फेलाई अघि सारेको बताइएको छ । त्यस्तै सचिव पदमा विश्वदिप लिङदेन र टोम राजवंशी तथा सहसचिवमा पदम लिम्बु र उमराज प्रसाइँलाई उम्मेदवारका रुपमा अघि सारिएको बताइएको छ ।

सम्बन्धित समाचार

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...

आजबाट निर्वाचन आचारसंहिता लागू

दमक, चैत्र २८ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम जिल्लाको क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर...

पहिचानवादीहरुको साझा उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित २० जनाको उम्मेदवारी मनोनयन

इलाम, २५ चैत्र। १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार इलामस्थित मुख्य...