नेपाली कांग्रेस झापामा उम्मेद्वारी घोषणा, थेवे र कट्टेल भिड्ने

 लिम्बुवान न्युज
                       

दमक/ नेपाली कांग्रसको १४ औं महाधिवेशन अन्तरगत हुने झापा जिल्ला समितिको निर्वाचनका उम्मेदवारहरुको नाम सार्वजनिक भएको छ । बिहिबार मनोनयन गर्ने तयारीमा रहेका देउमान थेवेको समुह र राम कट्टेलको समुहका उम्मेदवारहरुको नाम सार्वजनिक भएको हो ।

सभापति पदका उम्मेद्वार देउकुमार थेबेले आफ्नो टिमका पदाधिकारीको नाम पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेका हुन् । थेवे नेतृत्वको टिममा उपसभापतिमा शेरबहादुर भट्टराई, केशवराज पाण्डे, सचिव कृष्ण हुमागाँई, नविन बिमली, सहसचिव कालेन्द्र राजवंशी र कमल भण्डारीका रुपमा सार्वजनिक गरिएका छन ।

समावेशी जुझारु भनिएको सो टिममा जिल्ला सभापतिका उम्मेद्वार थेबे क्षेत्र नं ४, उपसभापति भट्टराई क्षेत्र नं ५, उपसभापति पाण्डे क्षेत्र नं १ , सचिव हुमागाँई क्षेत्र नं २, सचिव बिमली क्षेत्र नं ३, सहसचिव राजवंशी क्षेत्र नं ३ र अर्का सहसचिवका उम्मेद्वार भण्डारी क्षेत्र नं ४ बाट रहेका छन् ।

आफ्नो टीमको घोषणा गर्दै जिल्ला सभापतिका उम्मेद्वार थेबेले १३ औं महाधिवेशनमा भएको ९ बुँदे सहमतिलाई टेकेर अग्रज नेताहरुको समर्थनमा आफ्नो साझा र सहमतिको उम्मेद्वारी भएको बताउँदै आगामी दिनमा पार्टीलाई अझ चुस्त दुरुस्त बनाएर लैजान आफू नेतृत्वको टिमलाई जिताउन आव्हान गरे ।

घोषणा कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले केपी ओलीको जिल्लामा निर्वाचनमा भिड्नु पर्ने भएकाले पार्टीको नेतृत्व हाँक्न सक्ने बाघका रुपमा थेवेलाई ल्याएको बताए । उनले जिल्ला अधिवेशनमा कडा प्रतिष्पर्धा हुने भएकाले आफ्ना प्यानलका उम्मेद्वारलाई जिताउन चुनावमा कटिवद्ध भएर लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे । कार्यक्रममा केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी, पूर्व सांसद डिल्लीप्रसाद सिटौला , जिल्ला सभापति उद्धव थापालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसैगरी राम कट्टेलको समुहका उम्मेद्ववारको पनि नाम सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको छ । सभापतिका उम्मेद्ववार कट्टेलसहित उपसभापतिको उम्मेदवारका रुपमा सहिद राजन गिरीका बुबा सम्शेर (केदार गिरी) र हालका जिल्ला सचिव प्रेम सम्बाहाम्फेलाई अघि सारेको बताइएको छ । त्यस्तै सचिव पदमा विश्वदिप लिङदेन र टोम राजवंशी तथा सहसचिवमा पदम लिम्बु र उमराज प्रसाइँलाई उम्मेदवारका रुपमा अघि सारिएको बताइएको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...