किरणको निर्देशनमा दयाहाङ र मिरुनाको ‘तिमी तारे भीर’ भिडियोमा सार्वजनिक

,   लिम्बुवान न्युज
                       

काठमाडौं । रेवत राईको आवाज रहेको गीत ‘तिमी तारे भीर’ सार्वजनिक भएको छ । गीतको भिडियोलाई चर्चित युवा निर्देशक किरण राईले निर्देशन गरेका छन् ।

पवित्रा सुब्बाले गाएको पुरानो गीत ‘तिमी तारे भीर, म त लहरा, तिमीमै म लहराउँछु तिमी साहरा’ बोलको मेल (पुरुष) भर्जन गीत सार्वजनिक भएको हो ।

भिडियोमा दयाहाङ राई, मिरुना मगर र बाल कलाकार नुमा राईको अभिनय देख्न सकिन्छ । गीतको शब्द श्रवण मुकारुङले लेखेका हुन भने संगीत संयोजन शान्तिराम राईले गरेका छन् ।

भूपेन्द्र तुम्बाहाम्फेले खिचेको गीतको भिडियोलाई अनिल रानाले सम्पादन गरेका छन् । भिडियोको परिक्लपना समेत निर्देशक चालिङले गरेका हुन् ।

भिडियो तल हेर्नुहोस्ः

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;