काठमाडौं । रेवत राईको आवाज रहेको गीत ‘तिमी तारे भीर’ सार्वजनिक भएको छ । गीतको भिडियोलाई चर्चित युवा निर्देशक किरण राईले निर्देशन गरेका छन् ।
पवित्रा सुब्बाले गाएको पुरानो गीत ‘तिमी तारे भीर, म त लहरा, तिमीमै म लहराउँछु तिमी साहरा’ बोलको मेल (पुरुष) भर्जन गीत सार्वजनिक भएको हो ।
भिडियोमा दयाहाङ राई, मिरुना मगर र बाल कलाकार नुमा राईको अभिनय देख्न सकिन्छ । गीतको शब्द श्रवण मुकारुङले लेखेका हुन भने संगीत संयोजन शान्तिराम राईले गरेका छन् ।
भूपेन्द्र तुम्बाहाम्फेले खिचेको गीतको भिडियोलाई अनिल रानाले सम्पादन गरेका छन् । भिडियोको परिक्लपना समेत निर्देशक चालिङले गरेका हुन् ।
धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...
धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...
ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...
ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...