दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
इलाम, चुलाचुली १० मंसिर । आज इलामको चुलाचुली गाउँपालिकाले एकदिन स्थानीय विदा दिएको छ । आज किरात धर्मगुरु लाफयङ देवबहादुर तुम्बापोको ७८औं जन्मजयन्तीको अवसरमा परेर एकदिन विदा दिने पालिकाले निर्णय गरेको हो ।
चुलाचुली गाउँपालिकाका प्रशासकीय अधिकृत सुवास श्रेष्ठका अनुसार आज पालिकाका सम्पूर्ण कार्यालयहरु, शिक्षण संस्था समेत बन्द गर्ने निर्णय भएको जनाएका छन् । यहाँमा प्रत्येक बर्षको मंसिर १० गते किरात धर्म संरक्षक गुरु लाफयङ स्व. देवबहादुर तुम्वापोको जन्मजयन्ती फल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाले मनाउँदै आइरहेको छ ।
फल्गुनन्द सेवा संघका अध्यक्ष डम्बरकुमार तुम्बापोका अनुसार प्रदेश १ का सामाजिक विकासमन्त्री जयराम यादवको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा माङ्गेन्ना हिमको उद्घाटन, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम साथै फल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाको वार्षिकोत्सव पनि मनाइनेछ ।
‘भाषा हराए लिपी हराउँछ, लिपी हराए जाति हराउँछ, जाति हराए, इतिहास हराउँछ, इतिहास हराए आफू हराइन्छ’ भन्ने मान्यताका साथ फल्गुनन्द नोमाङ्गेना सेवा संघ चुलाचुली–१ इलाम वर्षेनी मङ्सिर १० गते जन्मजयन्ती साथै अन्य विविध कार्यक्रम आयोजना गर्दै आएको छ । संघले महान समाज सुधारक १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले देखाएको बाटो अंङ्गीकार गर्दै आएको छ ।
यस्तै, फल्गुनन्द नोमाङ्गेना सेवा संघद्वारा स्थापित फल्गुनन्द–लाफयङ बहुभाषिक निसाम हिम अर्थात पाठशालाको वार्षिकोत्सव कार्यक्रम पनि राखिएको जनाइएको छ । सो पाठशाला नेपालकै पहिलो बहुभाषिक पाठशाला हो ।
कार्यक्रममा राष्ट्रियस्तरका कलाकार राष्ट्रिय गायक विकास लिम्बू, राष्ट्रिय डान्सर प्रितम सम्वाहाम्फे लगायतको पनि उपस्थिति रहने आयोजकले जनाएको छ ।
भाषा, लिपि, संस्कार र संस्कृतिको संरक्षण, प्रवद्र्धन र प्रचार–प्रसार गर्ने उद्देश्यले मिति २०६९ साल कात्तिक २९ गतेका दिन इलाम जिल्लाको चुलाचुली गाविस वडा नं. १, कमलमा फाल्गुनन्द सत्यहाङ्मा नोमाङ्गेन्ना सेवा संघको जन्म भएको थियो ।
२०७० सालको दीपावालीको उपलक्ष्यमा आर्थिक सहयोगका लागि पनि माङलाङ केलाङको आयोजना गरेपछि २०७० सालमै संस्था दर्ता गरेर संस्थाको नाम ‘फाल्गुनन्द नोमाङ्गेन्ना सेवा संघ’ राखेर जिल्लामा संस्था दर्ता भएको थियो । यस संस्थाको मुख्य उद्देश्य नेपालका १६औं राष्ट्रिय विभूति समाजसुधारक, दार्शनिक महागुरु फल्गुनन्दको स्मृतिलाई जीवन्त राख्नु हो ।
यसअघि संविधानसभाका तत्कालीन अध्यक्ष तथा तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङबाट नेपालकै पहिलो बहुभाषिक पाठशालाको समुद्घाटन भएको थियो भने २०७३ साल मङ्सिर १० गते पाठशालाको प्रथम वार्षिक उत्सव तत्कालीन शिक्षामन्त्री धनीराम पौड्यालूको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।
यस्तै, २०७४ सालमा बहुभाषिक पाठशालाको दोस्रो वार्षिक उत्सव कार्यक्रम सम्पन्न गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यतिबेला नेपालका १६ औं राष्ट्रिय विभूति महागुरु फल्गुनन्दको पूर्ण कदको शालिक अनावरण, दाताहरूलाई सम्मानलगायतको कार्यक्रम राखिएको अध्यक्ष तुम्बापोले जानकारी दिए ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...