६० लाख रुपयाँ भन्दा धेरै खर्चमा बेलडाँगीमा भोलि भव्य कार्याक्रम हुँदै

 लिम्बुवान न्युज
                       

  • डिकेश लामा

दमक, १० मंसीर । झापाको दमक स्थित वेलडाँगी शरणार्थी शिविरमा इन्ट्रानेशनल वेलफेर एण्ड सर्पोट फाउण्डेशनको आयोजनामा बृहत साँगीतिक तथा समुद्घाटन कार्याक्रम हुने भएको छ । फाउण्डेशनका पदाधिकारी र वेलडाँगी तथा पथरी शनिश्चरे शिविरका सचीव तथा अन्य जिम्मेवार पदाधिकारीबीच शनिवार कार्याक्रम हुने फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले बताउनु भयो ।

कार्याक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकारहरको. सहभागितामा रियालिटी सोको समूद्घाटन र बृद्धबृद्धालाई दिनको समयमा बस्ने तथा कुराकानी गर्ने घरको समेत उद्घाटन गरिने बताइएको छ ।

आज दमकका गरिएको एक अन्तकृया कार्याक्रममा फाउण्डेशनले सवैको साझा संस्थाको रुपमा रहेको यो कार्याक्रमले नेपालीभाषीको पहिचान र सँस्कृति संरक्षणमा ठूलो टेवा पुग्ने बताउनु भयो । अधिकारीले नेपालमा फाउण्डेशनले पथरी र वेलडाँगीका केही शिक्षक व्यवस्थापनमा मासिक ३ लाख हाराहारीमा खर्च गरी शरणार्थी बालबालिका पढाउने कार्यमा सहयोग गरेको बताउनु भयो ।

उहाँले अव भूटान फर्कने संभवना अन्त्य भएकाले नेपाल सरकारले शरणार्थीको समस्या समाधानमा चासो दिनु पर्ने बताउनु भयो । जसका लागि यस पटक नेपालका प्रधानमन्त्री देखि जिम्मेवार नेतृत्वलाई भेटघाट गर्ने कार्य समेत गरेको बताउनु भयो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...