कांग्रेसको ३२ जिल्लामा अधिवेशन सम्पन्नः दुई पक्षमा को बलियो ?

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १० मंसिर । नेपालकै पहिलो पार्टी नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शुक्रबारसम्ममा ३२ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । कांग्रेसको एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा पनि जिल्ला अधिवेशन सुरु भएको हो ।

निर्वाचन समितिका अनुसार मंसिर ६ गतेदेखि जिल्ला अधिवेशन सुरु भएको हो । शुक्रबारसम्म ३२ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । कांग्रेसले दशैंअघि नै हिमाली २२ हिमाली जिल्लामा अधिवेशन गर्ने तयारी गरेको भएतापनि दशैंअघि जम्मा १३ जिल्लामा मात्रै अधिवेशन सम्पन्न भएको थियो ।

महाधिवेशनको पछिल्लो संशोधित कार्यतालिका अनुसार एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये अब तीन जिल्लामा नेतृत्व चयन हुन बाँकी छ । तर, प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्र रहेको गोरखामा दशैंअघि नै अधिवेशन भइसकेको निर्वाचित समितिले बताएको छ ।

अहिलेसम्म सार्वजनिक भएको जिल्ला अधिवेशनको परिणाम अनुसार सभापतिमा संस्थापन समूह र इतर समूहबीच कडा प्रतिस्पर्धा देखिएको छ । ३२ जिल्लामध्ये संस्थापन समूहले १७ जिल्लामा र १४ जिल्लामा संस्थापनइतर समूह विजयी भएको छ ।

रुकुम पश्चिमबाट सभापतिमा सर्वसम्मत चयन भएका प्रेमप्रकाश वलीले आफू कुनै गुटमा नरहेको आफू स्वतन्तन्त्र भएको बताएका छन् ।

संस्थापन समूहबाट ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, हुम्लामा मोहनविक्रम सिंह, रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम), मुगुमा ऐनबहादुर शाही, बझाङमा खडक बोहरा, म्याग्दीमा खमबहादुर गर्बुजा र मनाङमा शंकर गुरुङ जिल्ला सभापति चुनिएका छन् । त्यस्तैगरी सल्यानमा केशरबहादुर विष्ट, डोल्पाबाट दिपेन्द्र शाही, डडेल्धुरामा भीमबहादुर साउद, जुम्लामा कर्णबहादु शाही, जाजरकोटमा बेदराज सिंह, पाँचथरमा रुपनारायण जवेगु र लमजुङमा डा. टकबहादुर गुरुङ सभापतिमा निर्वाचित भएका हुन् ।

यस्तैगरी जाजरकोटका सिंह र मनाङबाट गुरुङ सर्वसम्मत सभापति चयन भएका हुन् । सभापति पदमा निर्वाचित डोटीका नरेन्द्रबहादुर सिंह, ओखलढुंगामा तेजेन्द्र खनाल र पर्वतमा युवराज जोशी संस्थापननिकट हुन् ।

त्यस्तै संस्थापनइतर समूहबाट संखुवासभाको जिल्ला सभापतिमा दीपक खड्का, कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन, रुकुम पूर्वमा केशरमान रोका, गोरखामा नन्दप्रसाद न्यौपाने र बाजुरामा रामसिंह रावल चुनिएका छन् । यसरीनै अर्घाखाचीमा केशव श्रेष्ठ, प्यूठानमा विष्णुकुमार गिरी, बैतडी चतुरबहादुर चन्द, भोजपुर विनोद बान्तवा र तेह्रथुममा अर्जुनबहादुर तुम्बाहाङ्फे त्यस्तै रोल्पाका सभापति किशोर आचार्य र खोटाङबाट सभापति निर्वाचित विष्णुकुमार राई पनि संस्थापनइतर समूहका हुन् ।

दुई समूहबाट निर्वाचित सभापतिहरुको सूची तल हेर्नुहोस्ः

संस्थापन समूहबाट जिल्ला सभापति निर्वाचित हुनेहरु

१. गजेन्द्रप्रसाद तुम्याहाङ, ताप्लेजुङ
२. मोहनविक्रम सिंह, हुम्ला
३. पूर्णबहादुर तामाङ (कान्छाराम), रामेछाप
४. ऐनबहादुर शाही, मुगु
५. खडक बोहरा, बझाङ
६. खमबहादुर गर्बुजा, म्याग्दी
७. शंकर गुरुङ, मनाङ
८. केशरबहादुर विष्ट, सल्यान
९. दीपेन्द्र शाही, डोल्पा
१०. भीमबहादुर साउद, डडेल्धुरा
११. कर्णबहादु शाही, जुम्ला
१२. बेदराज सिंह, जाजरकोट
१३. रुपनारायण जवेगु, पाँचथर
१४. डा. टकबहादुर गुरुङ, लमजुङ
१५. नरेन्द्रबहादुर सिंह, डोटी
१६. तेजेन्द्र खनाल, ओखलढुंगा
१७. युवराज जोशी, पर्वत

संस्थापनइतर समूहबाट सभापतिमा निर्वाचित हुनेहरु

१. दीपक खड्का, संखुवासभा
२. अम्मबहादुर शाही, कालीकोट
३. बर्मा लामा, दोलखा
४. रोमी गौचन, मुस्ताङ
५. केशरमान रोका, रुकुम पूर्व
६. नन्दप्रसाद न्यौपाने, गोरखा
७. रामसिंह रावल, बाजुरा
८. केशव श्रेष्ठ, अर्घाखाची
९. विष्णुकुमार गिरी, प्यूठान
१०. चतुरबहादुर चन्द, बैतडी
११. विनोद बान्तवा, भोजपुर
१२. अर्जुनबहादुर तुम्बाहाङ्फे, तेह्रथुम
१३. किशोर आचार्य, रोल्पा
१४. विष्णुकुमार राई, खोटाङ

स्वतन्त्र

१. प्रेमप्रकाश वली, रुकुम पश्चिम

सम्बन्धित समाचार

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...