लिम्बुवान मञ्च आठराईको अध्यक्षमा विकास इङनाम

 लिम्बुवान न्युज
                       

  • सेसेहाङ चोङबाङ

आठराइ, ११ मंसिर । संघय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको आठराइ गाउँ पालिका समितिको दोस्रो अधिबेशन सम्पन्न भएको छ । शनिबार आठराईको इवामा सम्पन्न अधिवेशनले विकास इङनामको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । उनी दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सदस्य मृगेन इङनामको प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो अधिवेशनबाट इङनामको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन भएका छन् । समितिको बरिष्ठ उपाध्यक्षमा चन्द्र विश्वकर्मा, उपाध्यक्षहरुमा दमन्ता लिम्बु र अरुण खवास रहेका छन् भने सचिवमा जेवी कन्दङ्वा, अर्थसचिवमा हाङनारायण इङ्नाम चयन भएका छन् ।

त्यसैगरी सचिवालय सदस्यहरुमा अनिल कन्दङवा, कुमार इङनाम, राजकुमार यक्सो, भक्तबहादुर इङनाम, इन्द्र कन्दङवा, विशाल इङनाम रहेका छन् भने सदस्यहरुमा क्रमशः देवीन्द्र इङनाम, रामकुमार इङनाम, अनुसा इङनाम र विना इङनाम निर्वाचित भएका छन् ।

निर्वाचित समितिलाई कार्यक्रमका प्रमुख अतिथि इङनामले मन्तव्य दिर्र्दै कार्यकाल सफलताका शुभकामना व्यक्त गरेका छन् भने नवनिर्वाचित कार्यसमितिलाई सफल गराएका थिए । कार्यक्रममा मञ्चका प्रान्तीय सदस्य कृष्ण कन्दङवा, जिल्ला उपाध्यक्ष राजेश इङनाम र अर्थसचिव सन्तोष सम्बाहाम्फेले पनि शुभकामना मन्तव्य राखेका थिए ।

आज सम्पन्न उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १४ जनाले लिम्बुवान मञ्चमा प्रवेश गरेका थिए । उनीहरुले अवि र खाँदा ओडाई मञ्चमा स्वागत गरिएको थियो ।

सम्बन्धित समाचार

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...