नेपाली कांग्रेस इलाम सभापतिमा खड्काले बाजी मारे

 लिम्बुवान न्युज
                       

इलाम, ११ मंसिर । नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट इलाम जिल्ला सभापतिमा डम्बरबहादुर खड्का विजयी हुँदै बाजी मारेका छन् । आफ्ना प्रतिष्पर्धी भेषराज आचार्यलाई १ सय ६० को मतान्तरले पराजित गर्दै खड्का विजयी बनेका हुन् ।

शनिबार साँझ निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार खड्काले ९ सय ३५ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी आचार्यले ७ सय ७५ मत प्राप्त गरे । एक हजार ७ सय ९५ मतदातामध्ये शनिबार भएको निर्वाचनमा एक हजार ७ सय ३२ मत खसेको थियो ।

खड्का पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन् । आचार्य वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका उम्मेदवार बनेका थिए ।

अन्य पदाधिकारी र कार्यसमिति सदस्यमा भने मिश्रित परिणाम आएको छ । सात पदाधिकारीमध्ये खड्का समूहबाट सभापतिसहित ३ र आचार्य समूहबाट ४ पदमा विजयी बन्यो । पदाधिकारीमा खड्का समूह अल्पतमतमा परेको छ ।

दुवै उपसभापति पदमा आचार्य समूहका उम्मेद्वार विजयी भएका छन् । आचार्य समूहबाट खगेन्द्र देवान ८ सय ७४ मत र विष्णुकुमारी लिम्बू दहालले ७ सय ७८ मतका साथ विजयी बने । खड्का समूहका केदार थापाले ७ सय ४७ मत र होमप्रसाद दुलालले ६ सय ९९ मत पाएर पराजित बने ।

दुई सचिव पदमा दुवै समूहबाट एकएक जना विजयी बनेका छन् । सचिवमा आचार्य समूहका पूर्णप्रसाद गौतम ८ सय १९ मत र खड्का समूहका निरोज खड्की ७ सय ९३ मतका साथ विजयी बने । आचार्य समूहका विष्णु हेमकुमार कार्की ७ सय २२ मत र खड्का समूहका हुकुमलाल थेबेले ७ सय १५ मत पाएर पराजित बने ।

त्यस्तै दुई सहसचिव पदमा समेत दुवै समूहबाट एकएक जना विजयी बनेका छन् । सहसचिवमा खड्का समूहबाट डालाकुमारी कार्की ८ सय ६५ मत र आचार्य समूहका देवेन्द्रकुमार सुवेदी ७ सय ८१ मतका साथ विजयी बने । आचार्य समूहका चक्र एक्तेन (अभिषेक) ले ६ सय ५६ मत र प्रविना राईले ६ सय ३६ मत पाएर पराजित बने ।

अन्तिम समयमा उम्मेदवारबीच समीकरण फेरिएपछि अधिवेशन रोचक बनेको थियो । संस्थापन र इतरका २÷२ उम्मेदवार चर्चामा रहेपनि अन्तिममा संस्थापनका डम्बर खड्का र इतरबाट भेषराज आचार्य मात्र सभापति पदमा प्रतिष्पर्धा गरेका थिए ।

आर्चाय भन्दा कमजोर उपस्थिति रहेको खड्काले चारमध्ये दुईवटा समूहको समेत साथ पाएपछि जित निकालन् सफल भए । खड्कालाई संस्थापनकै पूर्वसभापति केशव थापा र इतरका निवर्तमान सभापति हिमालय कर्मचार्यले समर्थन गरेका थिए ।

पछिल्लो समय आचार्य पक्ष बलियो बन्दै गएपछि उनलाई एक्ल्याउन नयाँ समीकरण बनेको थियो । संघीय निर्वाचन क्षेत्रतर्फका दुवै क्षेत्रमा आचार्य पक्षका उम्मेदवारले सभापति जितेका थिए । प्रदेशसभाका ३ क्षेत्रमा आचार्य पक्षका र १ क्षेत्रमा मात्र खड्का समूहका सभापति चुनिएका थिए ।

सम्बन्धित समाचार

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...