लिम्बुवान फेदाप अध्यक्षमा तिलविक्रम हुक्पाचोङबाङ

 लिम्बुवान न्युज
                       

पोक्लाबाङ, १२ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको फेदाप गाउँपालिका समितिको दोस्रो अधिबेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न अधिवेशनले तिलविक्रम हुक्पाचोङबाङको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिति चयन गठन भएको हो ।

लिम्बुवान मञ्चका तेह्रथुम जिल्ला अध्यक्ष बिजय निङ्लेखको प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो अधिवेशन सम्पन्न भएको हो । समितिमा बरिष्ठ उपाध्यक्ष सुवास लुम्फुङ्वा, उपाध्यक्षहरुमा सुजता लिम्बु र सञ्जय लिम्बु त्यसैगरी सचिवमा दिलिप निङ्लेखु, सह–सचिवमा सन्दिप मादेम्बा र अर्थसचिवमा धननारायण हाङस्रोङ निर्वाचित भएका छन् ।

त्यसैगरी समितिको सदस्यहरुमा सुमन मादेम्बा, सुर्य मादेम्बा, विरमान मादेम्बा, दिनेश लुम्फुङवा, प्रवेश निङलेकु, पूर्ण साम्बा, एम्बा लिम्बु, मनिशंकर लिम्बु, दिमसुन्दर लिम्बु, रेनुका लिम्बु, सुस्मिता लिम्बु, सुमन लिम्बु र दिपक लिम्बु निर्वाचित भएका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि निङलेखुले पार्टीलाई शसक्त र स्थायी बनाउन नेताहरुलाई गाउँ टोलमा सक्रिय हुनु पर्ने धारणा राखेका थिए । यसैगरी कार्यक्रमलाई जिल्ला सदस्यद्वय सुबास लुम्फुङवा, मदन मादेम्बा र पुर्व गाउँपालिका सचिब किरण निङ्लेकुले आ–आफ्नो धारणा राखेका थिए ।

सम्बन्धित समाचार

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...