शेर्पा प्रान्तीय मञ्चको अध्यक्षमा तेम्डी शेर्पा

 लिम्बुवान न्युज
                       

सोलुखुम्बु, दुधकुण्ड । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय शेर्पा प्रान्तीय मञ्चको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार सोलुखुम्बुको दुधकुण्डमा मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि लिङदेनले संघीय मञ्चको १०+१ प्रान्तीय मञ्च मध्येको शेर्पा प्रान्तीय मञ्चले ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न गर्दै पहिचानको राजनीतिमा उभिएको संकेत दिएको बताएका छन् । संघीय मञ्च लिम्बुवानको जगमा उभिएर सबै प्रान्तीय मञ्चमा पुगिसकेको बताउँदै अब पहिचानको राजनीतिलाई थप उच्चाई पु¥याउने भूमिका शेर्पा प्रान्तीय मञ्चले पनि साथ दिनेछ –उनले भने ।

त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि उपाध्यक्ष विष्णुमाया तुम्बाहाम्फे, लिम्बुवान प्रान्तीय महासचिव शान्ता योङहाङ, महिला नेतृी दिलु लिङदेन लावती लगायत नेताहरुले शेर्पा मञ्चको अधिवेशनलाई शुभकामना दिएका छन् ।

अध्यक्ष तेम्डी शेर्पाको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति बनेको नेत्री योङहाङले वताइन् । बरिष्ठ उपाध्यक्ष निमा शेर्पा, उपाध्यक्षहरुमा पासाङ –काले) शेर्पा र ङिमा ल्हामू शेर्पा, महासचिवमा दावा छिरिङ शेर्पा (सि.पा.), त्यसैगरी सचिवहरुमा पहलमान –पासाङ) शेर्पा, छोपेल शेर्पा, पासाङ लामा शेर्पा र सोनाम शेर्पा (रोमछाप) निर्वाचित भएका छन् । यसरी नै अर्थसचिवमा पुर्णिका शेर्पा (तामाङ) चयन भएकी छन् ।

त्यसैगरी प्रान्तीय सचिवालय सदस्यहरुमा याङजी शेर्पा, छिरिङ शेर्पा, छिरिङ शेर्पा, वीर बहादुर तामाङ, निमा शेर्पा, दावा दोर्जे तामाङ र दोर्जे शेर्पा निर्वाचित भएका छन् ।

यसरी नै प्रान्तीय सदस्यहरुमा दाजाङबु शेर्पा, छिरिङ शेर्पा, ङिमा डोमा शेर्पा, ग्याल्जेन शेर्पा (दोलाङसा), लावुटी शेर्पा, ताम्जे शेर्पा, दावा शेर्पा (सोलु), पासाङ डोमा शेर्पा, पेमा रिन्जीन शेर्पा, साङमू शेर्पा, ग्याल्जेन शेर्पा, निशा तामाङ्, रमिला तामाङ्, कृष्णमाया तामाङ, नुर्पु गेन्जेन शेर्पा, पासाङ काजी शेर्पा, ल्हाक्पा ग्याल्देन शेर्पा, सोनाम ङिमा शेर्पा, फूरि शेर्पा, ङिमा वाङछु तामाङ, वाङछु शेर्पा, पेम्बा शेर्पा, रिन्जी फूरि शेर्पा, पेम्बा ग्याल्जेन शेर्पा, नाम्गेलन दोर्जे शेर्पा, दावा शेर्पा (सि.पा.), मिङमार ग्याल्जेन शेर्पा, मिङमार शेर्पा, पासाङ शेर्पा, कर्मा शेर्पा र रविन मगर निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...