कांग्रेस झापा सभापतिमा थेवे विजयी, पदाधिकारीमा प्यानलै विजयी

 लिम्बुवान न्युज
                       

दमक, १२ मंसिर । नेपाली कांग्रेस झापाको सभापतिमा देउमान थेवे निर्वाचित भएका छन् । उनले १७६५ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

विर्तामोडमा आज आइतवार दिउँँसो अन्तिम मतगणना अनुसार थेवेले आफना प्रतिद्धन्दी रामबहादुर कटटेललाई २५० को मतान्तरले जिल्ला सभापतिमा निर्वाचित भए । कटटेलले १५१५ मत प्राप्त गरे ।

यसैगरि, पदाधिकारीमा समेत थेवे प्यानल नै निर्वाचित भएको छ । मत परिणाम अनुसार उपसभापतिमा थेवे प्यानलका शेर बहादुर भट्टराई (१६७४), केशवराज पाण्डे (१८८९) मत प्राप्त गरि निर्वाचित भए । त्यस्तै, सचिवमा नविन विमली १८३८ र कृष्ण हुँमागाई १६७६ मत ल्याएर निर्वाचित भए । सहसचिवमा कमल भण्डारी १७६० र कालेन्द्र राजवंशी १७६५ मत प्राप्त गरि निर्वाचित भएको जिल्ला निर्वाचन समितिका संयोजक सुवोध चिलवालले बताए ।

उनका अनुसार उपसभापतिका उम्मेद्वार प्रेम सम्बाहाम्फेले १४१५, शमशेर गिरी १२२१, सचिवका उम्मेद्वार विश्वदीप लिङ्देनले १४३१, टोमलाल राजबंशीले १३१५ ,सहसचिव पदका उम्मेदवार पदम लिम्बुले १३४७ र उमाराम प्रसाईले १३३७ मत प्राप्त गरेका छन् । पदाधिकारीमा प्यानल नै जितेको थेवे समूहले सदस्यहरुमा समेत वर्चश्व कायम गरेको बताईएको छ ।

गत मंसिर १० गते सम्पन्न निर्वाचनमा ३३११ मत खसेको थियो । जिल्ला नेतृत्वका लागि दुई प्यानल बनाएर निर्वाचनमा होमिएको थियो । कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाको प्यानलबाट थेवे र विश्वप्रकाश शर्माको प्यानलबाट कट्टेललाई उम्मेद्वार बनाइएको थियो । झापा कांग्रेसमा कमजोर मानिएको कट्टेल समूहले निर्वाचनमा सम्माजनक मत ल्याउन सफल भएको छ । कट्टेल समूहले ल्याएको मत अनुपातले झापामा शक्ति सन्तुलनमा बराबर रहेको देखाएको छ ।

सम्बन्धित समाचार

पहिचान आन्दोलनका प्रथम शहीद पदमकुमार लिम्बुको शहादत्ताको चर्चाः समाधिस्थल लगायत विभिन्न स्थानमा स्मृतिसभा सम्पन्न

दमक, १० चैत्र । प्रदेश नं. १ को नामाङकन कोशी राखेसँगै उठेको पहिचानवादी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ) शहादत्त भएको आज एक बर्ष पुरा भएको छ । शहीद लाजेहाङको साहदतको चर्चा गर्दै शनिबार मोरङको...

महागुरु फल्गुनन्दको समाधिमा शालिक नराख्न संघको अनुरोध

दमक, १० चैत्र । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकास्थित वडा नं. २ र ३ तथा फिदिम नपा वडा नं. ३ को संगम स्थल सिलौटीमा राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको शालिक नराख्न सो क्षेत्र संरक्षण गर्दै आएका किराती...

इलाम २ मा पत्रकार मिलन लिम्बुको स्वतन्त्र उम्मेदारी घोषणा

दमक, ४ चैत्र । नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौं अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनमा स्वतन्त्र...

इलाम २ मा डकेन्द्रसिंह थेगीम लिम्बु पहिचान पक्षधरहरुको साझा उम्मेदवार घोषणा

ललितपुर, चैत्र ३ । ‘कोशी’ नाम विरुद्व आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पहिचान पक्षधरहरुको आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् । संघर्ष समितिले बिहीबार...