प्रदेश १ मा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजिको भाषा मान्यता प्रदान गर्न माग

 लिम्बुवान न्युज
                       

बिराटनगर । चौध वटा लिम्बू जन्य संघ सस्थाले प्रदेश १ को सरकारी कामकाजी भाषाको रुपमा लिम्बू र मैथिली भाषालाई कानुनी मान्यता प्रदान गर्न माग गरेका छन ।

आज प्रदेश १ को राजधानी बिराटनगर स्थित प्रदेश १ का सरकारका प्रमुख मुख्यमन्त्री राजेन्द्र कुमार राइलाइ माग पत्र बुझाउदै उक्त माग राखेका हुन ।

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको अगुवाइमा गएका १४ संस्थाका प्रतिनिधिहरुले भाषा आयोगले २०७८ भदौ २१ गते सरकारी कामकाजको भाषाका आधारहरुको निर्धारण तथा भाषा सम्बन्धि सिफारिसहरु २०७८ शिर्षकमा नेपाल सरकार समक्ष सिफारिस प्रतिवेदनको आधारमा प्रदेश सरकारले काम गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रादेशिक कामकाजिको भाषा सम्बन्धि कानुन बनाउने अधिकार संबिधानको धारा ७ को उपधारा (२) ले प्रदेसलाइ दिएको छ । सोही अनुसार चाडो भन्दा चाडो कानुन निर्माण गरि काम गर्न सरकारलाई दबाब सृजना गर्न समेत उक्त टोलि गएको लिम्बू भाषा तथा सांस्कृतिक केन्द्र तेह्रथुमका अध्यक्ष दिल पाक्सावाले बताउनुभयो ।

उक्त माग पत्र बुझाउन कियाचु लिम्बुवान प्रदेस समितिका अध्यक्ष ध्रुब सुब्बा कियाचु लिम्बू भाषा साहित्य प्रतिष्ठान उपाध्यक्ष डिल्ली लिङदम याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र्कुमार जवेगु र सल्लाहकार सेसेहाङ फियाक लिम्बू भाषा बिकास केन्द्रका दिलेन्द्र कुरुम्बाङ लिम्बू भाषा साहित्य प्रतिष्ठान झापाका सेसेमी नाल्बो लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्ड्का मलिसा यक्थुङबा मिथिला बिकास अभियान का पङ्कज मैथिली लिम्बू भाषा तथा सांस्कृतिक केन्द्र तेह्रथुमका दिल सावा लगायतका प्रतिनिधि मण्डलको सहभागिता रहेको थियो ।

 

सम्बन्धित समाचार

पहिचान आन्दोलनका प्रथम शहीद पदमकुमार लिम्बुको शहादत्ताको चर्चाः समाधिस्थल लगायत विभिन्न स्थानमा स्मृतिसभा सम्पन्न

दमक, १० चैत्र । प्रदेश नं. १ को नामाङकन कोशी राखेसँगै उठेको पहिचानवादी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ) शहादत्त भएको आज एक बर्ष पुरा भएको छ । शहीद लाजेहाङको साहदतको चर्चा गर्दै शनिबार मोरङको...

महागुरु फल्गुनन्दको समाधिमा शालिक नराख्न संघको अनुरोध

दमक, १० चैत्र । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकास्थित वडा नं. २ र ३ तथा फिदिम नपा वडा नं. ३ को संगम स्थल सिलौटीमा राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको शालिक नराख्न सो क्षेत्र संरक्षण गर्दै आएका किराती...

इलाम २ मा पत्रकार मिलन लिम्बुको स्वतन्त्र उम्मेदारी घोषणा

दमक, ४ चैत्र । नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौं अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनमा स्वतन्त्र...

इलाम २ मा डकेन्द्रसिंह थेगीम लिम्बु पहिचान पक्षधरहरुको साझा उम्मेदवार घोषणा

ललितपुर, चैत्र ३ । ‘कोशी’ नाम विरुद्व आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पहिचान पक्षधरहरुको आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् । संघर्ष समितिले बिहीबार...