एमाले, कांग्रेस, माओवादी परित्याग गरि लिम्बुवानमा प्रवेश

,   लिम्बुवान न्युज
                       

मिक्लाजुङ, १४ मंसिर । मोरङको मिक्लाजुङ्मा एमाले, कांग्रेस र माओवादी परित्याग गरि लिम्बुवानमा प्रवेश गरेका छन् । संघीय लिम्बुवान मञ्च, नेपाल मिक्लाजुङ गाउँपालिकाले आयोजना गरेको चियापान, अन्तरक्रिया तथा अन्तराष्ट्रिय दासत्व उन्मुलन दिवस कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।

मञ्चका बरिष्ठ उपाध्यक्ष कार्यक्रमका प्रमुख अतिथि ज्ञान बहादुर गुरुङ, विशिष्ट अतिथि प्रान्तीय महासचिव अशोक चेम्जोङ लगायतका नेताहरुले खाँदा र अविर लाउँदै पार्टीमा स्वागत गरेका छन् ।

लिम्बुवान मञ्च मिक्लाजुङ अध्यक्ष ओम चेम्जोङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि गुरुङले लिम्बुवान मञ्च मात्र नभएर १०+१ प्रान्तहरु बनी सकेको हुँदा अब संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नै एकमात्र बैकल्पिक राजनैतिक पार्टीको रुपमा स्थापित हुने बताए । उनले भने– ठूला पार्टीहरुको झोला बोकेर होइन आफ्नै पहिचानवादी पार्टीको झण्डा र चुनाव चिन्ह लिएर अब आगामी चुनावमा अघि बढ्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिन चाहान्छु ।

अर्का बक्ता कार्यक्रममा विशिष्ट अतिथि महासचिव चेम्जोङले अब मञ्च एउटा शसक्त पार्टीको रुपमा स्थापना भई कार्यान्वयनको लाइनमा उभिएको बताउँदै प्रदेश १ सरकारमा सहभागी पार्टी आगामी चुनावहरुलाई सदुपयोग गर्दै प्रदेश चुनावमा कम्तिमा ७ सांसद भन्दा माथि जिताएर मुख्यमन्त्री सम्म बन्ने सपना देख्न थालिएको बताएका छन् । अब आन्दोलनले मात्र नहुने रहेछ भन्दै सत्तामा पुग्न समेत मञ्च अघि बढेको कार्यकर्ताहरुलाई बताए ।

यसैगरी कार्यक्रममा मञ्चका प्रान्तीय उपमहासचिव दिलकुमार लावती, प्रान्तीय सचिवालय सदस्यदय रामचन्द्र थापा मगर र दिलु लिङदेन, मोरङ जिल्ला अध्यक्ष जीवन खेवा लगायतले कार्यक्रममा शुभकामना मन्तव्य तथा श्रमिक दिवसको शुभकामना दिएका थिए ।

कार्यक्रमको व्यवस्थापन मोरङ जिल्ला सचिव मिक्सेन मिभक र लिम्बुवान भोलेन्टियर्स केन्द्रीय सिनियर कमाण्डर गणेश मिभकले गरेका थिए ।

कार्यक्रमबाट नेकपा एमाले परित्याग गरी गंगाप्रसाद पारघरी, महेश कुरुम्बाङ, इमानसिं कुरुम्बाङ, सनजित कुरुम्बाङ, सन्त बहादुर कुरुम्बाङ, पूर्ण कुमार नेम्बाङ, जगत बि.क., भक्त बहादुर बि.क., सन्त बहादुर बि.क., राजेन्द्र धमाल रहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेस परित्याग गरी रुद्र बहादुर चेम्जोङ, दिपक लिम्बु, मान बहादुर तामाङ, रुपा तामाङ, पूर्ण बहादुर तामाङ, गोपाल लावती, सरिता तामाङ लावती, सञ्जय तामाङ, विवाह श्रेष्ठ, जगत बहादुर श्रेष्ठ, रुपध्वोज सार्की, विरेन्द्र कुमार थेगिम र राजेन्द्र चेम्जोङ रहेका छन् । यसैगरी नेकपा माओवादी परित्याग गरी सनकुमार सिन्चौरी, हेमन्तराज कोईराला र गजेन्द्र बि.क. लिम्बुवानमा प्रवेश गरेका छन् ।

सम्बन्धित समाचार

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

;