संघीय मञ्चले चुनावी प्रचारप्रसारलाई तिब्रता दियो

 लिम्बुवान न्युज
                       

दमक, १७ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आजबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित चुनावी अभियानलाई तिब्रता दिएको छ । मञ्चले चुनाव लक्षित भिडियो, अडियो तथा चुनाव प्रचारप्रसार सामाग्रीहरुलाई देशव्यापी आजबाट सार्वजनिक गर्दै चुनावी अभियानलाई तिब्रता दिईएको मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले लिम्बुवान खबरलाई बताएका छन् ।

आगामी मंसिर ४ गते देशैभरी एकसाथ हुने प्रतिनिधि र प्रदेश सभा सदस्य तर्फको समानुपातिक र प्रत्यक्ष निर्वाचनमा मञ्चले देशभरीबाट १ सयभन्दा धेरै स्थानहरुबाट प्रत्यक्ष उम्मेदवारी दिएको छ भने प्रदेश नं. ५ बाहेक ६ वटा प्रदेशहरुबाट समानुपातिक उम्मेद्वारी समेत आयोगमा दर्ता गराएको मञ्चका महासचिव तथा निर्वाचन परिचालन समिति संयोजक अशोक चेम्जोङ्ले बताए ।

मञ्चले ताप्लेजुङ, पान्थर, इलाम, झापाका सबै निर्वाचन क्षेत्र, मोरङ र सुनसरीका सबै क्षेत्रहरु, धनकुटा, तेह्रथुम, संखुवासभा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु लगायत विभिन्न जिल्लाहरुबाट १ सय भन्दा धेरै क्षेत्रहरुबाट प्रत्यक्ष उम्मेदवारी दिएको हो । २०६४ को पहिलो संविधानसभा देखि निरन्तर चुनाव र पहिचानको आन्दोलनमा सक्रिय रहेको यो पार्टीले पछिल्लो समय लिम्बुवान लगायत १०+१ प्रान्त पहिचानको आधारमा स्थापना हुनु पर्ने कुरामा जोड दिदैं आन्दोलनरत पार्टी हो । संघीय सामुदायिक समाजवाद, संघीय सहअस्तित्ववाद र संघीय इकोइकोनोमि विचारधाराले मात्र देश अग्रगमन दिशा तर्फ उन्नमुख हुने भन्दै लामो समयदेखि मञ्च पहिचानको आन्दोलनमा सक्रिय रहेको छ ।

नेपालकै पहिलो संघीय ढाँचाको पार्टीको रुपमा स्थापित मञ्चले मुख्यगरी संघीयतालाई पहिचानको आधारमा वर्गिकृत गर्दै नेपाललाई हालको ७ प्रदेशबाट शक्तिशाली ११ प्रान्त बनाइनु पर्ने र देशको ७७ वटा सिडिओलाई हटाउनु पर्नेमा जोड दिएको छ । देशको कुल बजेटको ६५ प्रतिशत बजेट कर्मचारीतन्त्रमा खर्च भईरहेकोमा सो खर्चलाई ३५ प्रतिशतमा झार्नु पर्ने र ६ खरब भन्दा धेरै रकमलाई राज्यको कोषबाट खर्चहुन जोगाउँदै विकास, स्थास्थ्य र शिक्षामा सो रकम खर्च गर्नु पर्ने धारणा राख्दै मञ्चले आफ्नो राजनैतिक एजेण्डालाई चुनावी एजेण्डा बनाएर आगामी मंसिर ४ को चुनावमा सहभागी भएको जनाएको छ ।

शिक्षा नीति व्यवहारिक र संघीय ढाँचाको हुनुपर्ने जनाउँदै मञ्चले भाषा आयोग लागू गर्दै भाषाबाटै लोकसेवा आयोगको जाँच दिन पाउने व्यवस्था गर्नुपर्नेमा पनि जोड दिएको छ ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;