महागुरु फाल्गुनन्द १३८ औं जन्मजयन्ती संसारभर मनाइदै

 लिम्बुवान न्युज
                       

किरात जातीहरुको आस्थाको धरोहर बिसौ शताब्दीका महान समाज सुधारक तथा किरात धर्म दर्शनदाता १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १३८औं जन्मजयन्ती आज संसारभर मनाइदैछ ।

महागुरु फाल्गुनन्दको कात्तिक २५ गते जन्मजयन्तीको अवसरमा आज विभिन्न धार्मिक स्थलहरुमा किरात धार्मिक परम्पराले कार्यक्रमहरु हुँदैछ । इलामका किरात माङ्हिमहरु, त्यसैगरी पान्थर, ताप्लीजोङ, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ्, उदयपुर, भोजपुर, झापा, संखुवासभा लगायतका विभिन्न जिल्लाहरुमा किरात जातीहरुको बाहुल्यता रहेको स्थानहरुमा धुमधामले मनाइन्दैछ । यसैगरी काठमाडौं उपत्यका, पोखरा त्यसैगरी विश्वको विभिन्न देशहरुमा बसोबास गर्ने किरात जातीहरुले आज महागुरुको स्मरण गर्नेछन् ।

प्रदेश नं. १ सरकारले आज सार्वजनिक विदा दिएको छ । आज विहान महागुरुको तस्वीरमा माल्यार्पण गरी दियोकलस वात्ती बाली पुजा गर्ने र साँझमा घरघरमा दियो बाली महागुरुले किरात जातीहरुको निम्ति समाजसुधारक भई अहिंसावादी कर्मलाई सम्मान गर्दै आज किरातीहरु धार्मिक, सांस्कृतिक रुपमा सवल बन्दै गएको हुँदा महागरुको स्तुती गर्दै आइएको किरात धर्मावलम्बीहरुको विश्वास रहेको छ ।

यसैगरी भारत, भूटान, हङकङ, बेलायत, मलेसिया, कतार, दुबइ, साउदी, ब्रुनाई, कोरिया, जापान, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा, साइप्रस लगायत विश्वका विभिन्न मुलुकहरुमा रहेका किरात जातीहरुले महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाउने आइरहेका छन् ।

सम्बन्धित समाचार

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

;