जसपा प्रदेश अध्यक्ष चाम्लिङकाे नेतृत्वमा सयाैंद्वारा पार्टी परित्याग

 लिम्बुवान न्युज
                       

इलाम : पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता कार्यकर्ताहरुले पार्टी परित्याग गर्ने क्रम बढेको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वानमा नेकपा एमालेसँग तालमेल गरेसँगै सो पार्टीका नेता कार्यकर्ताहरु पार्टी परित्याग गर्ने क्रम बढेको हो ।

सोही क्रममा बिहीबार प्रदेश १ का अध्यक्ष प्रविण चाम्लिङसहित सयौं नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् ।

झापाको दमकमा पत्रकार सम्मेलन गरि जसपा नेपालका राजनीतिक समिति सदस्य एवम् प्रदेश अध्यक्ष चाम्लिङको नेतृत्वमा दुई सय ३३ जनाले पार्टी परित्याग गरेका हुन् ।

जसपाले देश र जनताको पक्षमा काम गर्न नसक्ने देखिएको भन्दै उनीहरुले सामूहिक रुपमा पार्टी परित्याग गरि स्वतन्त्र रहने घोषणा गरेका छन् ।

पार्टी परित्याग गर्नेहरुमा प्रदेश सदस्य जहरमान लिम्बू, झापा क्षेत्र नम्बर ५ (२) का अध्यक्ष दिपक न्यौपाने, दमक नगर अध्यक्ष खेमबहादुर दाहाल, उपाध्यक्ष तथा ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य अनिल लामा, दमक नगर सहअध्यक्ष हिमा राई, नगर सचिव सुनिल राई, सहसचिव सुनिता लावती, शिक्षक संघ केन्द्रीय उपमहासचिव प्रकाश सुवेदी लगायतका विभिन्न वर्गीय संगठनका केन्द्रीय नेतासहित प्रदेश, जिल्ला, क्षेत्र र नगरका नेताहरू रहेका छन् ।
पत्रकार सम्मेलनमा चाम्लिङले पार्टीको विचलित सिद्धान्त र दर्शनले जनता र राष्ट्र निर्माण हुन नसक्ने देखिएका कारण पार्टी परित्याग गर्नुपरेको उल्लेख गरे । उनले आफूहरू तत्काल कुनै पार्टीमा नजाने र केही दिनभित्रै नयाँ अभियान लिएर आउने बताए ।

निर्वाचनको मुखमा प्रदेश १ का विभिन्न ठाउँमा धमाधम पार्टीका नेता तथा कार्यकर्ताहरुले पार्टी परित्याग गरिरहेका छन् ।

यसअघि जसपाका कार्यकारिणी सदस्य हेमराज राई र युवराज कार्की, केन्द्रीय सदस्य प्रविण नेम्बाङ, मित्र चापागाई, तिलबिक्रम चेम्जोङ, मलिसा याक्थुम्बा, पाँचरका पूर्व अध्यक्ष देउमान आङदेम्बेसहित सयौंले पार्टी परित्याग गरिसकेका छन् । उनीहरु कोही एमाले, कोही कांग्रेस र कोही माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;