ड्रुक साङ्ग थार्पालिङ सार्वजनिक बौद्ध गुम्बाको तीन दिने पुजासँगै उद्घाटन

 लिम्बुवान न्युज
                       

दमक । झापाको दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहेको ड्रुक साङ्ग थार्पालिङ सार्वजनिक बौद्ध गुम्बाको पुनःनिर्माण कार्य सम्पन्न भएसँगै विधिवत पूजाआजासहित  उद्घाटन भएकाे छ ।

नोभेम्बर १५ देखि १७ तारिक अर्थात (कार्तिक २९ देखि मंसिर १ गते) ३ दिनसम्म विधिवत पूजा गरेर गुम्बाको उद्घाटन गरिएकाे गुम्बा निर्माण समितिका अध्यक्ष एवम् आर्थिक समितिका संयोजक राजमान गुरुङले जानकारी दिएका छन् ।

भुटानी शरणार्थी समुदायका मानिसहरुलाई राष्ट्रसंघ उच्च आयोग र दातृ निकायहरुले दिएको विकल्पका रूपमा विभिन्न मुलुकमा पुगेर बसोबास गरिरहेका मानिसहरुको आर्थिक सहयोगबाट गुम्बा पुनर्निर्माणको काम सकिएको अध्यक्ष गुरुङले बताए ।

गुम्बाको पुननिर्माणका लागि विदेशमा रहेका समुदायबाट ४५ लाख बढी सहयोग जुटेको हो भने मनले खाएका नेपाली समुदायबाट पनि केही सहयोग लिइएको थियो । तर, यस निर्माण कार्यमा कुनै पनि सरकारी निकायबाट आर्थिक सहयोग नलिएकाे उनले बताए ।

पुनर्निमित यस गुम्बाको निर्माण शैली र भित्र–बाहिर कुँदिएका कला, कौशल भुटानी ढाँचाका छन् । भुटान पुगे जस्तै भान गुम्बामा आउने जो कोहीलाई होस् भन्ने उद्देश्य राखेर यस किसिमले गुम्बा पुनःनिर्माण गरिएको गुरुङको भनाइ छ ।

बौद्ध धर्मावलम्बी शरणार्थी समुदायका लागि यो गुम्बा पवित्र शक्तिपिठ हो । त्यसैले यसको विधिवत उद्घाटन पूजा ल्हाबाब दुछेन अर्थात बुद्धको अवतरण भएको दिनमै गरिँदैछ ।

ड्रुक साङ्ग थार्पालिङ सार्वजनिक बौद्ध गुम्बा पुनर्निर्माण समिति, आमा समूह र लामा गुरूजनले तीन दिने यस कार्यक्रमलाई भव्य सफल पार्ने तयारी रहेको जानकारी दिएका छन् ।

सिक्किमस्थित देउराली गुम्बाका अवतारी बौद्ध लामा छोगत्रुल कुन्जाङ तेन्पाई ग्याल्छेनबाट गुम्बा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ भने पोखराका खेम्पो श्री लामा (थुप्तेन हिसे)बाट प्रवचन गर्ने कार्यक्रम रहेको छ ।

सन् १९९७ मा बेलडाँगी शिविरमा बसोबास गर्ने बौद्ध धर्मावलम्बी शरणार्थी समुदायले यो गुम्बाको स्थापना गरेका थिए । तर, शरणार्थीको तेस्रो मुलुक पुनर्वास कार्यक्रम सुरु भएपछि यहाँका ९५ प्रतिशत भन्दा बढी मानिस अमेरिका, क्यानडा, अष्ट्रेलिया, नर्वे, न्युजील्याण्ड, डेनमार्क, लगायत मुलुकहरुमा सरेपछि गुम्बा जिर्ण बन्दै गएको थियो ।

पुनर्निमित गुम्बा अब तेस्रो मुलुकबाट नेपाल घुम्न आउनेहरुका लागि पनि आकर्षणको केन्द्र र ऐतिहासिक सम्पदाका रूपमा रहने विश्वास गरिएको छ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...