ड्रुक साङ्ग थार्पालिङ सार्वजनिक बौद्ध गुम्बाको तीन दिने पुजासँगै उद्घाटन

 लिम्बुवान न्युज
                       

दमक । झापाको दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहेको ड्रुक साङ्ग थार्पालिङ सार्वजनिक बौद्ध गुम्बाको पुनःनिर्माण कार्य सम्पन्न भएसँगै विधिवत पूजाआजासहित  उद्घाटन भएकाे छ ।

नोभेम्बर १५ देखि १७ तारिक अर्थात (कार्तिक २९ देखि मंसिर १ गते) ३ दिनसम्म विधिवत पूजा गरेर गुम्बाको उद्घाटन गरिएकाे गुम्बा निर्माण समितिका अध्यक्ष एवम् आर्थिक समितिका संयोजक राजमान गुरुङले जानकारी दिएका छन् ।

भुटानी शरणार्थी समुदायका मानिसहरुलाई राष्ट्रसंघ उच्च आयोग र दातृ निकायहरुले दिएको विकल्पका रूपमा विभिन्न मुलुकमा पुगेर बसोबास गरिरहेका मानिसहरुको आर्थिक सहयोगबाट गुम्बा पुनर्निर्माणको काम सकिएको अध्यक्ष गुरुङले बताए ।

गुम्बाको पुननिर्माणका लागि विदेशमा रहेका समुदायबाट ४५ लाख बढी सहयोग जुटेको हो भने मनले खाएका नेपाली समुदायबाट पनि केही सहयोग लिइएको थियो । तर, यस निर्माण कार्यमा कुनै पनि सरकारी निकायबाट आर्थिक सहयोग नलिएकाे उनले बताए ।

पुनर्निमित यस गुम्बाको निर्माण शैली र भित्र–बाहिर कुँदिएका कला, कौशल भुटानी ढाँचाका छन् । भुटान पुगे जस्तै भान गुम्बामा आउने जो कोहीलाई होस् भन्ने उद्देश्य राखेर यस किसिमले गुम्बा पुनःनिर्माण गरिएको गुरुङको भनाइ छ ।

बौद्ध धर्मावलम्बी शरणार्थी समुदायका लागि यो गुम्बा पवित्र शक्तिपिठ हो । त्यसैले यसको विधिवत उद्घाटन पूजा ल्हाबाब दुछेन अर्थात बुद्धको अवतरण भएको दिनमै गरिँदैछ ।

ड्रुक साङ्ग थार्पालिङ सार्वजनिक बौद्ध गुम्बा पुनर्निर्माण समिति, आमा समूह र लामा गुरूजनले तीन दिने यस कार्यक्रमलाई भव्य सफल पार्ने तयारी रहेको जानकारी दिएका छन् ।

सिक्किमस्थित देउराली गुम्बाका अवतारी बौद्ध लामा छोगत्रुल कुन्जाङ तेन्पाई ग्याल्छेनबाट गुम्बा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ भने पोखराका खेम्पो श्री लामा (थुप्तेन हिसे)बाट प्रवचन गर्ने कार्यक्रम रहेको छ ।

सन् १९९७ मा बेलडाँगी शिविरमा बसोबास गर्ने बौद्ध धर्मावलम्बी शरणार्थी समुदायले यो गुम्बाको स्थापना गरेका थिए । तर, शरणार्थीको तेस्रो मुलुक पुनर्वास कार्यक्रम सुरु भएपछि यहाँका ९५ प्रतिशत भन्दा बढी मानिस अमेरिका, क्यानडा, अष्ट्रेलिया, नर्वे, न्युजील्याण्ड, डेनमार्क, लगायत मुलुकहरुमा सरेपछि गुम्बा जिर्ण बन्दै गएको थियो ।

पुनर्निमित गुम्बा अब तेस्रो मुलुकबाट नेपाल घुम्न आउनेहरुका लागि पनि आकर्षणको केन्द्र र ऐतिहासिक सम्पदाका रूपमा रहने विश्वास गरिएको छ ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...