कतार विश्वकप फुटबल आइतबारदेखि शुरुः नेपाली समय अनुसार खेल तालिका सहित

,   लिम्बुवान न्युज
                       

काठमाडौं । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल २०२२ भोलि आइतबारदेखि मध्यपूर्व एसियाको कतारमा सुरु हुँदैछ । आइतबार ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटनको कार्यक्रम हुनेछ हुनेछ ।

विश्वको आधा जनसंख्याले हेर्ने अनुमान गरिएको विश्वकप खेल हेर्न १३ लाख भन्दा धेरै मानिसहरु विश्वबाट कतारमा पुग्ने अनुमान गरिएको आयोजक राष्ट्रले जनाएको छ ।

कतार विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । सो खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

यस पटकको विश्वकपमा विगत झैं ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । सहभागी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

नेपाली समय अनुसार विश्वकपको समूह चरणको खेल तालिका हेर्नुहोस् ।

समूह ‘ए’ ः कतार, इक्वेडर, सेनेगल, नेदरल्यान्ड्स

उद्घाटन खेल ः मंसिर ४ – कतारविरुद्ध इक्वेडर (राति ९ः४५ बजे)

मंसिर ५ – सेनेगलविरुद्ध नेदरल्यान्ड्स (राति ९ः४५ बजे)

मंसिर ९ – कतारविरुद्ध सेनेगल (राति ६ः४५ बजे)

मंसिर ९ – नेदरल्यान्ड्सविरुद्ध इक्वेडर (राति ९ः४५ बजे)

मंसिर १३ – इक्वेडरविरुद्ध सेनेगल (राति ८ः४५ बजे)

मंसिर १३– नेदरल्यान्ड्सविरुद्ध कतार (राति ८ः४५ बजे)

समूह ‘बी’ ः इंग्ल्यान्ड, इरान, अमेरिका, वेल्स

मंसिर ५ – इंग्ल्यान्डविरुद्ध इरान (साँझ ६ः४५ बजे)

मंसिर ५ – अमेरिकाविरुद्ध वेल्स (राति १२ः४५ बजे)

मंसिर ९ – वेल्सविरुद्ध इरान (दिउँसो ३ः४५ बजे)

मंसिर ९ – इंग्ल्यान्डविरुद्ध अमेरिका (राति १२ः४५ बजे)

मंसिर १३ – वेल्सविरुद्ध इंग्ल्यान्ड (राति १२ः४५ बजे)

मंसिर १३ – इरानविरुद्ध अमेरिका (राति १२ः४५ बजे)

समूह ‘सी’ ः अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्याण्ड

मंसिर ६ – मेक्सिकोविरुद्ध पोल्यान्ड (राति ९ः४५ बजे)

मंसिर ६ – अर्जेन्टिनाविरुद्ध साउदी अरेबिया (दिउँसो ३ः४५ बजे)

मंसिर १० – पोल्याण्डविरुद्ध साउदी अरेबिया (साँझ ६ः४५ बजे)

मंसिर १० – अर्जेन्टिनाविरुद्ध मेक्सिको (राति १२ः४५ बजे)

मंसिर १४ – पोल्याण्डविरुद्ध अर्जेन्टिना (राति १२ः४५ बजे)

मंसिर १४ – साउदी अरेबियाविरुद्ध मेक्सिको (राति १२ः४५ बजे)

समूह ‘डी’ ः फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, ट्युनिसिया

मंसिर ६– फ्रान्सविरुद्ध अष्ट्रेलिया (राति १२ः४५ बजे)

मंसिर ६ – डेनमार्कविरुद्ध ट्युनिसिया (साँझ ६ः४५ बजे)

मंसिर १०– ट्युनिसियाविरुद्ध अष्ट्रेलिया (दिउँसो ३ः४५ बजे)

मंसिर १० – फ्रान्सविरुद्ध डेनमार्क (राति ९ः४५ बजे)

मंसिर १४ – अष्ट्रेलियाविरुद्ध डेनमार्क (राति ८ः४५ बजे)

मंसिर १४ – ट्युनिसियाविरुद्ध फ्रान्स (राति ८ः४५ बजे)

समूह ‘इ’ ः स्पेन, कोस्टारिका, जर्मनी, जापान

मंसिर ७ – स्पेनविरुद्ध कोस्टारिका (राति ९ः४५ बजे)

मंसिर ७ – जर्मनीविरुद्ध जापान (साँझ ६ः४५ बजे)

मंसिर ११ – जापानविरुद्ध कोस्टारिका (दिउँसो ३ः४५ बजे)

मंसिर ११ – स्पेनविरुद्ध जर्मनी (राति १२ः४५ बजे)

मंसिर १५ – जापानविरुद्ध स्पेन (राति १२ः४५ बजे)

मंसिर १५ – कोस्टारिकाविरुद्ध जर्मनी (राति १२ः४५ बजे)

समूह ‘एफ’ ः बेल्जियम, क्यानडा, मोरक्को, क्रोएसिया

मंसिर ७ – बेल्जियमविरुद्ध क्यानडा (राति १२ः४५ बजे)

मंसिर ७ – मोरक्कोविरुद्ध क्रोएसिया (दिउँसो ३ः४५ बजे)

मंसिर ११ – बेल्जियमविरुद्ध मोरक्को (साँझ ६ः४५ बजे)

मंसिर ११ – क्रोएसियाविरुद्ध क्यानडा (राति ९ः४५ बजे)

मंसिर १५ – क्रोएसियाविरुद्ध बेल्जियम (राति ८ः४५ बजे)

मंसिर १५ – क्यानडाविरुद्ध मोरक्को (राति ८ः४५ बजे)

समूह ‘जी’ ः ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड, क्यामरुन

मंसिर ८ – स्वीट्जरल्याण्डविरुद्ध क्यामरुन (दिउँसो ३ः४५ बजे)

मंसिर ८ – ब्राजिलविरुद्ध सर्बिया (राति १२ः४५ बजे)

मंसिर १२ – क्यामरुनविरुद्ध सर्बिया (दिउँसो ३ः४५ बजे)

मंसिर १२ – ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड (राति ९ः४५ बजे)

मंसिर १६ – सर्बियाविरुद्ध स्वीट्जरल्याण्ड (राति १२ः४५ बजे)

मंसिर १६ – क्यामरुनविरुद्ध ब्राजिल (राति १२ः४५ बजे)

समूह ‘एच’ ः पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया

मंसिर ८ – उरुग्वेविरुद्ध दक्षिण कोरिया (साँझ ६ः४५ बजे)

मंसिर ८ – पोर्चुगलविरुद्ध घाना (राति ९ः४५ बजे)

मंसिर १२ – दक्षिण कोरियाविरुद्ध घाना (साँझ ६ः४५ बजे)

मंसिर १२ – पोर्चुगलविरुद्ध उरुग्वे (राति १२ः४५ बजे)

मंसिर १६– घानाविरुद्ध उरुग्वे (राति ८ः४५ बजे)

मंसिर १६ – दक्षिण कोरियाविरुद्ध पोर्चुगल (राति ८ः४५ बजे)

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;