कतार प्रवास ।मध्यपूर्व राष्ट्र कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकपमा इंग्ल्याण्डले शानदार विजयी सुरुवात गरेको छ । सोमबार भएको पहिलो खेलमा एसियाली देश इरानलाई ६–२ गोलले स्तब्ध पार्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
योसँगै इंग्ल्याण्डले इतिहास पनि रचेको छ । उसले इरानसँगको पहिलो अन्तर्राष्ट्रिय भेटमै खेल जित्दै इतिहास रचेको हो । खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा इंग्ल्याण्डको जितमा बुकायो साकाले दुई, जुड बेलिङ्घम, रहीम स्टर्लिङ, मार्कस रासफोर्ड र ज्याक ग्रेलीशले एक÷एक गोल गरे । इरानका लागि मेहदी तरेमीले दुई गोल फर्काए । इंग्ल्याण्डलाई सुरुआती अग्रता दिलाउने क्रममा १९ वर्षीय जुड बेलिङ्घमले गोल गरे ।
उनले ३४ औं मिनेटमा हेडरमार्फत सुन्दर गोल गरे । इंग्ल्याण्डलाई दोब्बर अग्रता दिलाउने क्रममा बुकायो साकाले ४३ औं मिनेटमा आकर्षक गोल गरे । त्यस्तै, रहीम स्टर्लिङले पहिलो हाफको इन्जुरी समय (४५+१) मा उत्कृष्ट गोल गर्न सफल भए ।
त्यस्तै, बुकायो साकाले ६२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । परिवर्तित खेलाडीको रूपमा मैदान छिरेका रासफोर्डले ७१ औं मिनेटमा गोल गर्दै टिमलाई ५–१ को फराकिलो अग्रता दिलाए । त्यस्तै, ९० औं मिनेटमा ज्याक ग्रेलीशले सहज गोल गर्दै टिमलाई ६–१ को फराकिलो जित दिलाए ।
इरानका लागि मेहदी तरेमीले ६५ औं मिनेट र इन्ज्युरी समय (पेनाल्टी) मा गोल गरे । समूह ‘बी’ मा रहेको इंग्ल्याण्डले अब दोस्रो खेल २६ नोभेम्बरमा अमेरिकाविरुद्ध खेल्ने तालिका छ । इरानले आफ्नो दोस्रो म्याचमा २५ नोभेम्बरमा वेल्सको सामना गर्नेछ । जारी विश्कपमा ३२ देशले प्रतिस्पर्धा गरिरहेका छन् । गएराति भएको पहिलो खेलमा इक्वेडरले आयोजक कतारलाई २–० ले हरायो ।
ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...
दमक, १५ असार । मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...
ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ । शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...
दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...