इग्ल्याण्डद्वारा गोलको बर्षाः इरान ६–२ ले स्तब्ध

,   लिम्बुवान न्युज
                       

कतार प्रवास । मध्यपूर्व राष्ट्र कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकपमा इंग्ल्याण्डले शानदार विजयी सुरुवात गरेको छ । सोमबार भएको पहिलो खेलमा एसियाली देश इरानलाई ६–२ गोलले स्तब्ध पार्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

योसँगै इंग्ल्याण्डले इतिहास पनि रचेको छ । उसले इरानसँगको पहिलो अन्तर्राष्ट्रिय भेटमै खेल जित्दै इतिहास रचेको हो । खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा इंग्ल्याण्डको जितमा बुकायो साकाले दुई, जुड बेलिङ्घम, रहीम स्टर्लिङ, मार्कस रासफोर्ड र ज्याक ग्रेलीशले एक÷एक गोल गरे । इरानका लागि मेहदी तरेमीले दुई गोल फर्काए । इंग्ल्याण्डलाई सुरुआती अग्रता दिलाउने क्रममा १९ वर्षीय जुड बेलिङ्घमले गोल गरे ।

उनले ३४ औं मिनेटमा हेडरमार्फत सुन्दर गोल गरे । इंग्ल्याण्डलाई दोब्बर अग्रता दिलाउने क्रममा बुकायो साकाले ४३ औं मिनेटमा आकर्षक गोल गरे । त्यस्तै, रहीम स्टर्लिङले पहिलो हाफको इन्जुरी समय (४५+१) मा उत्कृष्ट गोल गर्न सफल भए ।
त्यस्तै, बुकायो साकाले ६२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । परिवर्तित खेलाडीको रूपमा मैदान छिरेका रासफोर्डले ७१ औं मिनेटमा गोल गर्दै टिमलाई ५–१ को फराकिलो अग्रता दिलाए । त्यस्तै, ९० औं मिनेटमा ज्याक ग्रेलीशले सहज गोल गर्दै टिमलाई ६–१ को फराकिलो जित दिलाए ।

इरानका लागि मेहदी तरेमीले ६५ औं मिनेट र इन्ज्युरी समय (पेनाल्टी) मा गोल गरे । समूह ‘बी’ मा रहेको इंग्ल्याण्डले अब दोस्रो खेल २६ नोभेम्बरमा अमेरिकाविरुद्ध खेल्ने तालिका छ । इरानले आफ्नो दोस्रो म्याचमा २५ नोभेम्बरमा वेल्सको सामना गर्नेछ । जारी विश्कपमा ३२ देशले प्रतिस्पर्धा गरिरहेका छन् । गएराति भएको पहिलो खेलमा इक्वेडरले आयोजक कतारलाई २–० ले हरायो ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;