जापानको शानदार विजयी यात्रा शुरु : २–१ गोलले जर्मनी स्तब्ध

,   लिम्बुवान न्युज
                       


लिम्बुवानखबर, ७ मंसिर । कतारमा भइरहेको २२औं संस्करणको फिफा विश्वकप फुटबलमा अप्रत्यासित नतिजा ल्याउदै जापानले चार पटकको च्याम्पियन जर्मनीलाई २–१ ले स्तब्ध पारेको छ ।

खालिफा इन्टरनेशनल मैदानमा भएको समूह इ को खेलमा एसियाली राष्ट्र जापानले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जर्मनीमाथि शानदार जित निकालेको हो । जापानले अन्तिम १५ मिनेटमा दुई गोल फर्काउँदै ३ अंक जोडेको हो ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रित्सु दोअन र ताकुमा असानोले जापानको लागि गोल गरे । जापान र जर्मनी विश्वकपमा पहिलो पटक भिड्दा नै जापानले जित हात पारेको हो । यसअघि भएका दुई मैत्रीपूर्ण खेलमा भने जर्मनी जापानसँग अपराजित थियो ।

खेलको ३३औं मिनेटमा एल्काए गुन्डागोनको पेनाल्टी गोलमा जर्मनीले पहिले अग्रता लिएको थियो । जापानले उत्कृष्ट पुनारगमन गर्दै ७१औं मिनेटमा मैदान प्रवेश गरेका दोअनले ७५औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यसपछि ५७औं मिनेटमा मैदान प्रवेश असानोले ८३औं मिनेटमा को इटाकुराको पासमा उत्कृष्ट गोल गर्दै जापानलाई अग्रता दिलाए थिए ।

विश्वकपको सुरुवाती दुई खेलमा आयोजक कतार र इरान पराजित भए पनि त्यसयता एसियन राष्ट्रले उपाधि दाबेदार ठूला टिमलाई स्तब्ध पारेका छन् । मंगलबार मात्रै साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले पराजित गर्दै सनसनी मच्चाएको थियो ।

बुधबार नै भएको समूह एफको खेलमा क्रोएसियाले मोरोक्कोसँग गोलरहित बराबरी खेल्दै अंक बाढेको छ । चार बर्ष अघि रुसमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको क्रोएसियाले कतारमा भने पहिलो खेलमै अंक बाढ्नु परेको हो ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;