आत्मानन्द कप शुक्रबार देखि सुरु हुदैं

 लिम्बुवान न्युज
                       


दमक, ८ मंसिर । किरात धर्मगुरु आत्मानन्द लिङदेन सेइङको ६९औं जन्मोत्सव तथा गुरुआमा पवित्रहाङमा साम्बा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित ‘आत्मानन्द कप’ १५ औं संस्करण पुरुष फुटबल प्रतियोगिता २०७९ शुक्रबार देखि सुरु हुदैंछ ।

आत्मानन्द कपको यस संस्करणमा नेपाल र भारतका आठ वटा टिमहरु सहभागी भएका छन् । माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा भोलि सुरु हुने उद्घाटन खेलमा माङसेबुङ् गाउँपालिका इलाम र एच.एफ.सी. सुनसरीबीच प्रतिष्पर्धा हुनेछ ।

‘आत्मानन्द कप’ १५ औं संस्करण पुरुष फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मन प्रसाद आङबुहाङले बताए ।

अध्यक्ष आङबुहाङका अनुसार आत्मनन्द कपको यस संस्करणमा नेपालबाट आयोजक माङसेबुङ गाउँपालिका टिम, एच.एफ.सि. सुनसरी, छथर गाउँपालिका तेह्रथुम, कर्णसिं सोनाम एफ.सिं ताप्लेजुङ, तिजोक युबा क्लब पान्थर, चारतारे युवा क्लब मोरङ, जलथल एफ.सि. झाप, र भारतको दार्जिलिङबाट एम.एफ.सि. गरि आठ टिमको सहभागिता रहेको छ ।

विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै, खेलमा सहभागी टिमलाई फेयर समेत प्रदान गरिने आयोजक आत्मा पवित्र हुक्चात यक्चुमका सचिव सरिता राईले बताईन् ।

फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु आयोजना हुने सचिव राईले बताईन् ।

आत्मानन्द कप दुईसाल यता इलाम जिल्लाकै सबैभन्दा ठूलो पुरस्कार राशीको फुटबल खेलको रुपमा रहेको छ । इलाम सदरमुकमा आयोजना हुने माइभ्याल्ली कप केही साल यता आयोजना नभएकाले आत्मानन्द कप सबैभन्दा ठूलो पुरस्कार राशीको गोल्डकपको रुपमा रहेको छ ।

आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा प्रतियोगिता संचालन हुँदै आएको छ ।

प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ । गतसालको आत्मनन्द कप आयोजक माङसेबुङ गाउँपालिकाको टिमले जितेको थियो ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...