ब्राजिल, पोर्चुगल, स्वीट्जरल्याण्डले समान ३ अंक जोड्दा उरुग्वे र दक्षिण कोरियाले अंक बाढे

,   लिम्बुवान न्युज
                       


काठमाडौं, ९ मंसिर । कतारमा जारी २२औं संस्करणको विश्वकप फुटबलमा चार खेलहरुमा तीन खेल जित र एक खेल बराबरी भएको छ । उपाधिको मुख्य दाबेदारको रुपमा कतार पुगेका ब्राजिलले फिफा विश्वकप फुटबलको पहिलो खेलमा सर्बियालाई २–० ले पराजित गरेको छ ।

समूह जी अन्तर्गत लुसे स्टेडियममा भएको खेलमा रिचार्लिसनले दुवै गोल दोस्रो हाफमा गरेका थिए । पहिलो हाफमा सरब्याले ब्राजिललाई गोल रहित बराबरीमा रोक्न सफल भएको थियो । तर दोस्रो हाफमा रिचार्लिसन चम्किएदै ६२औं र ७३औं मिनेटमा गोल गर्दै ब्राजिललाई जिताए ।

जितपछि ब्राजिल ३ अंक जोड्दै समूह जी को शीर्ष स्थानमा छ । सर्बिया अंकविहीन छ । यसैगरी यसै समूहको अर्को खेलमा क्यामरुनलाई हराउँदै स्वीट्जरल्याण्डले पनि समान ३ अंक नै जोडेको छ ।

उपाधिको दाबेदार पोर्चुगलले पनि कतारमा जारी विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । बिहीबार राती कतारको स्टेडियम ९७४ मा भएको खेलमा घानालाई ३–२ गोल अन्तरले हराउँदै ३ अंक जोडेको हो ।

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पाँच फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । कतारमा जारी फिफा विश्वकप अन्तर्गत अहिले भइरहेको घानाविरुद्धको खेलमा गोल गर्दै रोनाल्डोले उक्त कीर्तिमान बनाएका हुन् । रोनाल्डोले दोस्रो हाफमा पेनाल्टी गोल गर्दै घानाविरुद्ध पोर्गुललाई अग्रता दिलाएका छन् । यो सँगै पोर्चुगलले ३ अंक जोडेको छ ।

सन् २००६ मा पहिलो पटक विश्वकप खेलेका रोनाल्डोले त्यसयता हरेक विश्वकप खेल्दै गोल समेत गरेका छन् । उनले २००६, २०१० र २०१४ को विश्वकपमा १–१ गोल गरेका थिए भने २०१८ को विश्वकपमा ४ गोल गरेका थिए । विश्वकपमा रोनाल्डोको कूल गोलसंख्या ८ पुगेको छ ।

यसैगरी अर्को खेलमा एसियाली मुलुक दक्षिण कोरियाले उरुग्वेलाई बराबरीमा रोकेको छ । गोलरहित बराबरी खेल्दै दुवैले १–१ अंक बाढेका छन् । कतार विश्वकपमा हालसम्म भएका खेलहरु मध्ये ४ खेल बराबरीमा सकिएको छ ।

 

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;