ब्राजिल, पोर्चुगल, स्वीट्जरल्याण्डले समान ३ अंक जोड्दा उरुग्वे र दक्षिण कोरियाले अंक बाढे

,   लिम्बुवान न्युज
                       


काठमाडौं, ९ मंसिर । कतारमा जारी २२औं संस्करणको विश्वकप फुटबलमा चार खेलहरुमा तीन खेल जित र एक खेल बराबरी भएको छ । उपाधिको मुख्य दाबेदारको रुपमा कतार पुगेका ब्राजिलले फिफा विश्वकप फुटबलको पहिलो खेलमा सर्बियालाई २–० ले पराजित गरेको छ ।

समूह जी अन्तर्गत लुसे स्टेडियममा भएको खेलमा रिचार्लिसनले दुवै गोल दोस्रो हाफमा गरेका थिए । पहिलो हाफमा सरब्याले ब्राजिललाई गोल रहित बराबरीमा रोक्न सफल भएको थियो । तर दोस्रो हाफमा रिचार्लिसन चम्किएदै ६२औं र ७३औं मिनेटमा गोल गर्दै ब्राजिललाई जिताए ।

जितपछि ब्राजिल ३ अंक जोड्दै समूह जी को शीर्ष स्थानमा छ । सर्बिया अंकविहीन छ । यसैगरी यसै समूहको अर्को खेलमा क्यामरुनलाई हराउँदै स्वीट्जरल्याण्डले पनि समान ३ अंक नै जोडेको छ ।

उपाधिको दाबेदार पोर्चुगलले पनि कतारमा जारी विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । बिहीबार राती कतारको स्टेडियम ९७४ मा भएको खेलमा घानालाई ३–२ गोल अन्तरले हराउँदै ३ अंक जोडेको हो ।

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पाँच फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । कतारमा जारी फिफा विश्वकप अन्तर्गत अहिले भइरहेको घानाविरुद्धको खेलमा गोल गर्दै रोनाल्डोले उक्त कीर्तिमान बनाएका हुन् । रोनाल्डोले दोस्रो हाफमा पेनाल्टी गोल गर्दै घानाविरुद्ध पोर्गुललाई अग्रता दिलाएका छन् । यो सँगै पोर्चुगलले ३ अंक जोडेको छ ।

सन् २००६ मा पहिलो पटक विश्वकप खेलेका रोनाल्डोले त्यसयता हरेक विश्वकप खेल्दै गोल समेत गरेका छन् । उनले २००६, २०१० र २०१४ को विश्वकपमा १–१ गोल गरेका थिए भने २०१८ को विश्वकपमा ४ गोल गरेका थिए । विश्वकपमा रोनाल्डोको कूल गोलसंख्या ८ पुगेको छ ।

यसैगरी अर्को खेलमा एसियाली मुलुक दक्षिण कोरियाले उरुग्वेलाई बराबरीमा रोकेको छ । गोलरहित बराबरी खेल्दै दुवैले १–१ अंक बाढेका छन् । कतार विश्वकपमा हालसम्म भएका खेलहरु मध्ये ४ खेल बराबरीमा सकिएको छ ।

 

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;