आत्मानन्द कप : हाटखोला सुनसरीको विजयी सुरुवात

 लिम्बुवान न्युज
                       

माङसेबुङ । इलामको माङसेबुङमा शुरु भएको आत्मानन्द कप १५औं संस्करण पुरुष फुटबल प्रतियोगितामा हाटखोला फुटबल क्लव सुनसरीले बिजयी सुरुवात गरेको छ ।

माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा आज शुक्रबार भएको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन माङसेबुङ गाउँपालिका इलामलाई ट्राईब्रेकरमा ४–३ गोल अन्तरले हराउदै सुनसरीले बिजयी सुरुवात गरेको हो ।

दुबै टिमबाट थुप्रै गोल गर्ने अवसरहरु प्राप्त भएपनि निर्धारित समयमा खेल गोल रहित बराबरीमा सकिएपछि नतिजा ट्राईब्रेकरमा धकेलिएको थियो ।

 

ट्राईब्रेकरमा सुनसरीका बर्तमान राई, अम्बर श्रेष्ठ, रोशन भुजेल र युवराज श्रेष्ठले गोल गरे भने आकाश राईको प्रहार गोल किपर आयुस योङहाङले सेभ गरेका थिए ।

माङसेबुङका लागि भने पारस कार्की, बिकाश लामा र जिदान राईले गोल गरे । यस्तै रोसन धिमालको प्रहार बाहिरिदा बिक्रम राईको प्रहार सुनसरीका गोलकिपर सौरभ बरालले सेभ गरेका थिए । सुनसरीका गोलकिपर सौरभ बराल म्यान अफ दि म्याच चुनिएका थिए ।

 

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित आत्मानन्द कप अन्तरगत भोलि शनिबार जलथल फुटबल क्लव झापा र कर्णसिं सोनाम फुटबल क्लव ताप्लेजुङबिच हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन् ।

प्रतियोगितामा इलाम, पान्थर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारत गरि आठ प्रतिष्ठित क्लबहरुको सहभागीता रहेको सचिव राईले बताईन् ।

विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै, खेलमा सहभागी टिमलाई फेयर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु आयोजना हुनेछ ।

आत्मानन्द कप दुईसाल यता इलाम जिल्लाकै सबैभन्दा ठूलो पुरस्कार राशीको फुटबल खेलको रुपमा रहेको छ । इलामा सदरमुकमा आयोजना हुने माइभ्याल्ली कप केही साल यता आयोजना नभएकाले आत्मानन्द कप सबैभन्दा ठूलो पुरस्कार राशीको कपको रुपमा रहेको छ ।

यसैगरि बिरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ सम्बा पबित्रहाङमा लिङदेनको देवसमुपस्थितिमा श्री सरस्वती मा.बि. का बिधार्थीहरुकोे मार्चपास सँगैसुरु भएको उद्घाटन खेल माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा संचालन हुँदै आएको प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

सम्बन्धित समाचार

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

;