आत्मानन्द कप : हाटखोला सुनसरीको विजयी सुरुवात

 लिम्बुवान न्युज
                       

माङसेबुङ । इलामको माङसेबुङमा शुरु भएको आत्मानन्द कप १५औं संस्करण पुरुष फुटबल प्रतियोगितामा हाटखोला फुटबल क्लव सुनसरीले बिजयी सुरुवात गरेको छ ।

माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा आज शुक्रबार भएको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन माङसेबुङ गाउँपालिका इलामलाई ट्राईब्रेकरमा ४–३ गोल अन्तरले हराउदै सुनसरीले बिजयी सुरुवात गरेको हो ।

दुबै टिमबाट थुप्रै गोल गर्ने अवसरहरु प्राप्त भएपनि निर्धारित समयमा खेल गोल रहित बराबरीमा सकिएपछि नतिजा ट्राईब्रेकरमा धकेलिएको थियो ।

 

ट्राईब्रेकरमा सुनसरीका बर्तमान राई, अम्बर श्रेष्ठ, रोशन भुजेल र युवराज श्रेष्ठले गोल गरे भने आकाश राईको प्रहार गोल किपर आयुस योङहाङले सेभ गरेका थिए ।

माङसेबुङका लागि भने पारस कार्की, बिकाश लामा र जिदान राईले गोल गरे । यस्तै रोसन धिमालको प्रहार बाहिरिदा बिक्रम राईको प्रहार सुनसरीका गोलकिपर सौरभ बरालले सेभ गरेका थिए । सुनसरीका गोलकिपर सौरभ बराल म्यान अफ दि म्याच चुनिएका थिए ।

 

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित आत्मानन्द कप अन्तरगत भोलि शनिबार जलथल फुटबल क्लव झापा र कर्णसिं सोनाम फुटबल क्लव ताप्लेजुङबिच हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन् ।

प्रतियोगितामा इलाम, पान्थर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारत गरि आठ प्रतिष्ठित क्लबहरुको सहभागीता रहेको सचिव राईले बताईन् ।

विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै, खेलमा सहभागी टिमलाई फेयर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु आयोजना हुनेछ ।

आत्मानन्द कप दुईसाल यता इलाम जिल्लाकै सबैभन्दा ठूलो पुरस्कार राशीको फुटबल खेलको रुपमा रहेको छ । इलामा सदरमुकमा आयोजना हुने माइभ्याल्ली कप केही साल यता आयोजना नभएकाले आत्मानन्द कप सबैभन्दा ठूलो पुरस्कार राशीको कपको रुपमा रहेको छ ।

यसैगरि बिरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ सम्बा पबित्रहाङमा लिङदेनको देवसमुपस्थितिमा श्री सरस्वती मा.बि. का बिधार्थीहरुकोे मार्चपास सँगैसुरु भएको उद्घाटन खेल माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा संचालन हुँदै आएको प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...