स्पेन र जर्मनीले अंक बाँडे अन्य तीन खेलमा क्रोएसिया, मोरक्को र कोस्टारिका विजयी

 लिम्बुवान न्युज
                       

काठमाडौं, १२ मंसिर । कतारमा जारी फिफा विश्वकपअन्तर्गत समूह ई मा रहेका पूर्व च्याम्पियनहरु स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । कतारको अल बायेट रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनसँग अंक खोस्दै जर्मनीले नकआउट चरणमा पुग्ने सम्भावनालाई कायम राखेको छ ।

पहिलो खेलमा जापानसँग अप्रत्यासित पराजय ब्यहोरेपछि चारपल्टको विश्व विजेता जर्मनी दवावमा परेको हो । ६२औं मिनेटमा सब्स्टिच्युड स्ट्राइकर अल्भारो मोराटाले गोल गरेपछि जर्मनीको दवाव अझै बढेको थियो । यसैगरी ८३औं मिनेटमा स्पेनिस रक्षापंक्तिकोे कमजोरीको फाइदा उठाउँदै सब्स्टिच्युड निक्लास फुुलक्रगले गोल गरे । उनलाई जमाल मुसियालाले असिस्ट गरेका थिए । यो बराबरीपछि जर्मनीले समूहमा अंकको खाता खोलेको छ ।

यसरी नै यहि समूहको अर्को खेलमा जापन कोस्टारिकासँग पराजित भएको छ । २–१ गोल अन्तरले जापान पराजित हुँदा स्पेन चार अंकसहित शीर्ष स्थानमा रहँदा जापान र कोस्टारिका समान तीन अंक भए पनि गोलअन्तरका आधारमा क्रमसः दोस्रो र तेस्रो स्थानमा छन् ।
समूहको अन्तिम खेलमा स्पेनले जापान र जर्मनीले कोस्टारिकासँग खेल्नेछ । सो खेलमा कम्तिमा बराबरीले मात्रै पनि स्पेन नकआउट चरणमा पुग्नेछ । जितको अवस्थामा समूह विजेता नै बन्नेछ ।

नकआउट चरणमा पुग्नका लागि जर्मनीले कोस्टारिकालाई हराउनुपर्नेछ भने स्पेनसँग जापानको हारको कामना गर्नुपर्नेछ ।

क्रोएसिया सहज स्थितिमा, बेल्जियमलाई कठिन

यसरी नै आइतबार खालिफा अन्तर्राष्ट्रिय रंगशालामा क्रोएसियाले क्यानाडालाई ४–१ ले पराजित गरेको छ । क्यानाडाको दोस्रो हारसँगै समूह चरणबाटै बाहिरिने दोस्रो टिम बनेको छ ।

पहिलो खेलमा गोल गर्न नसकेको क्रोएसिया दोस्रो खेलमा जितपछि समूह एफमा दुई खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । क्रोएसिया अन्तिम १६ मा पुग्नका लागि सहज अवस्थामा समेत छ ।

क्रोएसियाले अब अन्तिम खेलमा बेल्जियमसँग खेल्नेछ । उक्त खेलमा हार टारे मात्र पनि क्रोएसियाले अन्तिम १६ मा स्थान बनाउनेछ । आइतबारै भएको खेलमा मोरक्कोसँग २–० ले पराजित भएको बेल्जियमको दुई खेलबाट ३ अंक छ र तेस्रो स्थानमा झरेको छ ।

क्रोएसियाको जितपछि बेल्जियमलाई अन्तिम १६ मा पुग्न पनि कठिन हुने देखिएको छ । बेल्जियमले अब आफ्नो खेल जित्नुका साथै अन्य टिमको नतिजामा पनि भर पर्नुपर्नेछ । क्रोएसियासँग पराजित भए बेल्जियम समूह चरणबाटै बाहिरिनेछ ।

उता मोरक्को भने क्रोएसिया समान ४ अंक जोडेर दोस्रो स्थानमा छ । यदी क्रोएसिया र बेल्जियमले बराबरी खेलेमा मोरक्को पनि क्यानडासँग हार टार्ने अन्तिम १६ मा पुग्नेछ ।

 

सम्बन्धित समाचार

लोक गायक एलपी जोशीको निधन

दमक, ११ असार । दमक निवासी लोकप्रिय लोक गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ । बिहीबार ८८ वर्षीया गायक तथा गीतकार जोशीको झापाको विर्तामोडमा निधन भएको हो । वि.सं. १९९३ सालमा धनकुटा बजारमा जन्मिएका...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना २२ जनाको मृत्यु

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले २२ जनाको मृत्यु भएको पुष्टि गरे । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन एएमई जहाज बुधबार...

पूर्व मन्त्री किराती पहिचानवादी मोर्चामा आबद्धः तेस्रो जनआन्दोलनको चेतावनी

दमक, ८ साउन । पूर्वमन्त्री गोपाल किराती डा. महेन्द्र लावतीको पहिचानवादी मोर्चामा अबद्ध भएका छन् । सोमबार काठमाडौंस्थित रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुसहित नेकपा एकीकृत समाजवादी लिम्बु संघका इन्चार्ज कृष्ण चोङबाङ, दलित अधिकारकर्मी डा....

प्रधानमन्त्री केपी ओली सहित नवनियुक्त मन्त्रीहरुले गरे पदभार ग्रहण

दमक, ३१ असार । नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गरेका छन् । शितल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै उनीहरूले आ–आफूले पाएका मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद्...