रुक्सानाको “भुइसोरी ढोगे है” गीतको भिडियो सार्वजनिक

,   लिम्बुवान न्युज
                       


दमक, १२ मंसिर । पूर्वकै चर्चित छायांकार, कारियोग्राफर तथा निर्देशक भुपेन्द्र तुम्बाहाङफेले द भ्वाईस अफ किडस् नेपालका फिनालिष्ट रुक्साना लिम्बूको आवाजमा सजिएको पुर्वेली लोक गीत ‘भुइसोरी ढोगे है’ किड भर्जन गीत सार्वजनिक गरिएको छ ।

दिनेश माङमुको कोरियोग्राफीमा सञ्चारकर्मी तथा मोडल सिर्जना निङ्लेकु लिम्बूको छोरी रासि लिम्बू र गायिका रुक्साना लिम्बूको समेत अभियन रहेको पुर्वेली लोक भाकामा सजिएको गीत ‘भुइसोरी ढोगे है’ को किड भर्जन भिडियो मोडल सिर्जना निङलेकुको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतकार संजिब पारदर्शी राईको शव्द तथा संगीतकार डी आर अटुको संगीतमा लोकप्रिय गायिका सुनिता थेगिम लिम्बूको आवाजमा मोडल सिर्जना निङ्लेकुको अभिनयलाई यस अघिनै दर्शक स्रोताले औधी मन पराएको उक्त गीतको किड भर्जन हो ।

लिम्बुनी र राईनी बाल मित्रतालाई प्रस्तुत गरिएको भिडियोमा लिम्बू र राईको कला संस्कृतिलाई समेत उजागर गर्न खोजिएको निर्देशक तुम्बाहाम्फेले बताए । बाल गायिका रुक्साना लिम्बु र रासि लिम्बु द्वयको यो प्रस्तुति दर्शक स्रोतले औधि मन पराउनु उनले बताए ।

थैली इन्टरटेन्मेन्टको पोष्ट प्रडक्शनमा कल्पना लिम्बू र आयुसा श्रेष्ठको सृङगार रहेको भिडियोमा अनिल रानाको सम्पादन रहेको छ । राजु कार्कीको संगीत संयोजनमा स्टुडियो लिम्दुमी कृएशनमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

भिडियो हेर्नुहोस

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;