विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेल हुँदै

 लिम्बुवान न्युज
                       


लिम्बुवानखबर । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् । समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने छ ।

आजदेखि हुने खेलहरु अझ रोमाञ्चक हुने अपेक्षा छ । आज मंगलबार समूह ए र समूह बी का अन्तिम दुई–दुई खेल हुनेछ ।

यस्तै खेल हुने समय पनि परिवर्तन भएको छ । अब एक समूहको बाँकी दुई खेल एकै समूहमा हुनेछ । यसअघि हरेक दिन चार खेल हुँदा चार फरक समयमा हुँदै आएको थियो भने अब दुई फरक समयमा मात्र हुनेछ ।

आजदेखि पहिलो दुई खेल राति पौने ९ बजे हुनेछ त्यसपछि मध्यराति दुई खेल हुनेछन् । आजको खेलपछि दुवै समूहबाट नकआउट चरणमा पुग्ने दुई–दुई टोलीको टुङ्गो लाग्नेछ ।

आज समूह ए मा रहेको नेदरल्याण्ड्स र कतार तथा इक्वेडर र सेनेगलबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । यस समूहबाट आयोजक कतार लगातार दुई खेल हार्दै बाहिरिसकेको छ भने बाँकी तीन टिममध्ये दुई टिम नकआउट चरणमा पुग्नेछन् ।

नेदरल्याण्ड र इक्वेडरको समान ४ अंक छ र क्रमशः पहिलो र दोस्रो स्थानमा छ । दुवैले यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् र अपराजित छन् । यस्तै सेनेगल ३ अंकसहित शीर्षमा छ कतार अंकविहीन छ ।

नेदरल्याण्ड र इक्वेडर आफ्नो खेलमा बराबरी नतिजा ल्याए मात्र पनि अन्तिम १६ मा पुग्ननेछन् । सेनेगलका लागि भने अन्तिम १६ मा पुग्न इक्वेडरलाई हराउनैपर्नेछ । उता यसै विश्वकपबाट विश्वकपमा डेब्यु गरेको कतार पनि अन्तिम खेललाई सुखद बनाउन चाहन्छ ।

यस्तै समूह बी मा रहेको इंग्ल्याण्ड र वेल्स तथा अमेरिका र इरानबीचको खेल मध्यराति पौने १ बजे सुरु हुनेछ । यस समूहबाट अहिलेसम्म कुनै टिम पनि बाहिरिएको छैन । त्यसैले नकआउट चरणमा पुग्न चारै टिमको सम्भावना बाँकी छ र होडमा छन् । यद्यपि तुलनात्मक रुपमा इंग्ल्याण्ड र इरानको सम्भावना बढी छ ।

इंग्ल्याण्ड दुई खेलपछि एक जित र ए बराबरीबाट ४ अंकसहित पहिलो स्थानमा छ । एक जित र एक हारबाट ३ अंक रहको इरान दोस्रो स्थानमा छ । दुई बराबरी खेलेको अमेरिकाको २ अंकसहित तेस्रो र एक बराबरी र एक हारबाट वेल्स १ अंकसहित चौथो स्थानमा छ ।

इंग्ल्याण्डलाई नकआउट चरण पुग्न वेल्ससँग बराबरी गरे पनि पर्याप्त हुनेछ । वेल्सलाई पराजित गरेमा इंग्लयाण्ड समूह विजेता नै बन्नेछ । वेल्सका लागि भने इंग्ल्याण्डलाई हराउनुको विकल्प छैन र अर्को खेल खेलको नतिजा पनि आफू अनुकल आउनुपर्नेछ ।

यस्तै इरानले अमेरिकालाई पराजित गरे सिधै नकआउट चरणमा पुग्नेछ । इंग्ल्याण्ड र वेल्सको खेल बराबरीमा सकिएमा भने इरानले अमेरिकासँग हार टारे पनि अन्तिम १६ मा पुग्नेछ ।

अमेरिकाले भने नकआउट चरणमा पुग्न इरानलाई पराजित गर्नैपर्ने आवश्यक छ ।

सम्बन्धित समाचार

पहिचान आन्दोलनका प्रथम शहीद पदमकुमार लिम्बुको शहादत्ताको चर्चाः समाधिस्थल लगायत विभिन्न स्थानमा स्मृतिसभा सम्पन्न

दमक, १० चैत्र । प्रदेश नं. १ को नामाङकन कोशी राखेसँगै उठेको पहिचानवादी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ) शहादत्त भएको आज एक बर्ष पुरा भएको छ । शहीद लाजेहाङको साहदतको चर्चा गर्दै शनिबार मोरङको...

महागुरु फल्गुनन्दको समाधिमा शालिक नराख्न संघको अनुरोध

दमक, १० चैत्र । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकास्थित वडा नं. २ र ३ तथा फिदिम नपा वडा नं. ३ को संगम स्थल सिलौटीमा राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको शालिक नराख्न सो क्षेत्र संरक्षण गर्दै आएका किराती...

इलाम २ मा पत्रकार मिलन लिम्बुको स्वतन्त्र उम्मेदारी घोषणा

दमक, ४ चैत्र । नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौं अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनमा स्वतन्त्र...

इलाम २ मा डकेन्द्रसिंह थेगीम लिम्बु पहिचान पक्षधरहरुको साझा उम्मेदवार घोषणा

ललितपुर, चैत्र ३ । ‘कोशी’ नाम विरुद्व आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पहिचान पक्षधरहरुको आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् । संघर्ष समितिले बिहीबार...