‘लिम्बू भाषा’ कामकाजीको पाँचौं वार्षिक उत्सव मनाइयाे

 लिम्बुवान न्युज
                       

इलाम : माङसेबुङ गाउँपालिकाको  ५ नम्बर वडा कार्यालयले ‘लिम्बू भाषा’ कामकाजी लागू गरिएको वार्षिक उत्सव मनाएको छ ।  वडा कार्यालयले स्थानीय ‘लिम्बू भाषा’ लाई कामकाजी घोषणा गरेको  चौथो वर्ष पूरा भएको अवसरमा मंगलबार विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाइएको हो ।

जनप्रतिनिधि, कर्मचारी, किरात धर्म सम्बद्ध संघसंस्था, सामाजिक संघसंस्था र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितीमा शुभकामना आदानप्रदान, सम्मान र घरघरमा दीप प्रज्वलन गरि वार्षिक उत्सव मनाएका हुन् ।

वार्षिक उत्सवको अवसरमा भाषाविद् हरिचन्द्र लावतीलाई सम्मान गरको छ । त्यसैगरी स्थानीय भाषालाई सरकारी कामकाजी बनाएको खुसीयालीमा वडाबासीहरु आआफ्नो घरमा दीप प्रज्वलन गरेका छन् ।

किरात धर्मगुरु आत्मानन्द लिङ्देनको उपस्थितीमा वार्षिक उत्सव मनाईएको हो । वडाअध्यक्ष नरेन्द्रकुमार राईको अध्यक्षता र गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दल, धर्मिक एवम् सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो ।

नेपालो इतिहासमा पहिलो पटक स्थानीय ‘लिम्बू भाषा’ लाई कामकाजी लागू गरिएको स्मरणमा बर्सेनि वार्षिक उत्सव मनाउन थालिएको वडाअध्यक्ष नरेन्द्र राईले बताए । यस्तो ऐतिहासिक कामलाई कसैले नबिर्सियोस् भनेर प्रत्येक वर्ष दिपावली गरी वार्षिक उत्सव मनाउने उनले बताए ।

कार्यक्रममङा धर्मगुरु आत्मानन्द लिङदेनले धार्मिक प्रवचन समेत दिएका थिए ।

इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ५, मा १३ मंसिर २०७५ मा स्थानीय भाषाका रुपमा ‘लिम्बू भाषा’ लाई  सरकारी कामकाजी भाषाका रुपमा लागू गरिएको थियो । ‘लिम्बू भाषा’ लाई कामकाजी भाषा लागू गरेपछि भाषिक कर्मचारी (दोभासे) को समेत व्यवस्थापन गरेको छ ।

यसवर्ष सिंङ्गो गाउँपालिकामा नै ‘लिम्बू भाषा’ कामकाजी लागू गर्ने तयारी भइरहेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममा नै ‘लिम्बू भाषा’ लाई गाउँपालिकाको कामकाजी बनाउने समावेश गरेको छ । त्यसका लागि प्राविधिक पक्षको काम भइरहेको गाउँपालिका अध्यक्ष हेमन्तर राईले बताए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...

माघ २५ देखि ‘पवित्रहाङमा कप’ हुने

दमक, ११ माघ । किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ आउदो माघ २५ गतेदेखि फागुन ३ गतेसम्म संचालन हुने भएको...