‘लिम्बू भाषा’ कामकाजीको पाँचौं वार्षिक उत्सव मनाइयाे

 लिम्बुवान न्युज
                       

इलाम : माङसेबुङ गाउँपालिकाको  ५ नम्बर वडा कार्यालयले ‘लिम्बू भाषा’ कामकाजी लागू गरिएको वार्षिक उत्सव मनाएको छ ।  वडा कार्यालयले स्थानीय ‘लिम्बू भाषा’ लाई कामकाजी घोषणा गरेको  चौथो वर्ष पूरा भएको अवसरमा मंगलबार विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाइएको हो ।

जनप्रतिनिधि, कर्मचारी, किरात धर्म सम्बद्ध संघसंस्था, सामाजिक संघसंस्था र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितीमा शुभकामना आदानप्रदान, सम्मान र घरघरमा दीप प्रज्वलन गरि वार्षिक उत्सव मनाएका हुन् ।

वार्षिक उत्सवको अवसरमा भाषाविद् हरिचन्द्र लावतीलाई सम्मान गरको छ । त्यसैगरी स्थानीय भाषालाई सरकारी कामकाजी बनाएको खुसीयालीमा वडाबासीहरु आआफ्नो घरमा दीप प्रज्वलन गरेका छन् ।

किरात धर्मगुरु आत्मानन्द लिङ्देनको उपस्थितीमा वार्षिक उत्सव मनाईएको हो । वडाअध्यक्ष नरेन्द्रकुमार राईको अध्यक्षता र गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दल, धर्मिक एवम् सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो ।

नेपालो इतिहासमा पहिलो पटक स्थानीय ‘लिम्बू भाषा’ लाई कामकाजी लागू गरिएको स्मरणमा बर्सेनि वार्षिक उत्सव मनाउन थालिएको वडाअध्यक्ष नरेन्द्र राईले बताए । यस्तो ऐतिहासिक कामलाई कसैले नबिर्सियोस् भनेर प्रत्येक वर्ष दिपावली गरी वार्षिक उत्सव मनाउने उनले बताए ।

कार्यक्रममङा धर्मगुरु आत्मानन्द लिङदेनले धार्मिक प्रवचन समेत दिएका थिए ।

इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ५, मा १३ मंसिर २०७५ मा स्थानीय भाषाका रुपमा ‘लिम्बू भाषा’ लाई  सरकारी कामकाजी भाषाका रुपमा लागू गरिएको थियो । ‘लिम्बू भाषा’ लाई कामकाजी भाषा लागू गरेपछि भाषिक कर्मचारी (दोभासे) को समेत व्यवस्थापन गरेको छ ।

यसवर्ष सिंङ्गो गाउँपालिकामा नै ‘लिम्बू भाषा’ कामकाजी लागू गर्ने तयारी भइरहेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममा नै ‘लिम्बू भाषा’ लाई गाउँपालिकाको कामकाजी बनाउने समावेश गरेको छ । त्यसका लागि प्राविधिक पक्षको काम भइरहेको गाउँपालिका अध्यक्ष हेमन्तर राईले बताए ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...