ऐतिहासिक लुङछाता संरक्षण गर्दै गाउँलेहरू

 लिम्बुवान न्युज
                       

तेह्रथुम, १७ कार्तिक ।  तेह्रथुम जिल्ला फेदाप ५ इसिबुस्थित गैरिटोलमा रहेको ऐतिहासिक लुङछाता (लुङताङघुक) संरक्षण गर्ने भएका छन् । ढुंगाको छाता बनाएर ढुंगाकै सोलिमा गाडीएको कृतिम ऐतिहासिक बस्तुको जिर्ण अबस्था बनेपछि संरक्षण गर्नुपर्ने भएको हो ।

बिगतको समयमा आफ्नो चिनोको रूपमा अग्रजहरुले यो लुङछाता निर्माण गरेर गाडेका थिए । लिम्बुहरुको ढुङ्गा संग अत्यन्तै सम्बन्ध छ यसलाई चोत्लुङको रूपमा पनि हेरिन्छ । ढुङ्गा गाड्ने ढुङ्गा पुज्ने आदि लिम्बू समुदायमा संस्कारकै रूपमा बिकसित छ । गाउँगाउँमा सडक पुगेपछि त्यही लुङछातालाई किनारा पार्दै सडक बनाइएको थियो ।

सडकमा गाडी संचालन भएसंगै ट्याक्टरको ठक्करबाट यो लुङछाता भाचिएको थियो । ऐतिहासिक तथा पर्यटकीय स्थलहरु प्रसस्तै रहेको इसिबुमा यो संगै दुई वटा फरक फरक ठाउँमा लुङताङघुक निर्माण गरिएको थियो । प्रबासमा रहेका यस ठाउका युवाहरुले यस निर्माण कार्यप्रती अभिरुचि राख्दै निर्माणको लागि आर्थिक सहयोग समेत संकलन गर्ने प्रबास दुबइमा कार्यरत दिल हुक्पा चोङबाङ्ले जानकारी गराउनु भयो । पुन:निर्माणमा करिब ३ लाख लागत लाग्ने अनुमान गरिएकोमा २ लाख रुपैया प्रबासका युवाहरूबाट सहयोग संकलन हुनेछ ।

लुङछाता संरक्षणको लागि तिलबिक्रम हुक्पा चोङबाङको अध्यक्षतामा पुन:निर्माण समिति गठन गरिएको छ । जसमा उपाध्यक्ष लक्षमण चोङबाङ सचिब संकर साम्बा सह-सचिब शुक्रराज चोङबाङ कोषाध्यक्ष पर्शु हाङश्रोङ सदस्यहरु युबराज फोम्बो, पदम साम्बा, तोमकुमार चोङबाङ, होम कुमार चोङबाङ, केवलमान चोङबाङ र धनराज साम्बा रहनुभएको छ भने सल्लाहकार समितिमा सेसेहाङ हुक्पा चोङबाङ, नरपती हुक्पा चोङबाङ, धननारायण हाङश्रोङ, भिम ब. हुक्पा चोङबाङ, ओम ब हुक्पा चोङबाङ र राम ब हुक्पा चोङबाङ रहनुभएको छ । यो निर्माण कार्य मंसिर पहिलो हप्ता देखि थालनी गरिने समिति अध्यक्ष तिलबिक्रम हुक्पा चोङबाङले जानकारी गराउनुभयो ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;