तिलक राईको अध्यक्षतामा किरात खम्बुवान समिति गठन

,   लिम्बुवान न्युज
                       


गाईघाट, ५ मंसिर । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) को किरात खम्वुवान प्रान्तीय भेला सम्पन्न भएको छ । मंगलबार पार्टीका संघीय अध्यक्ष ज्ञान बहादुर गुरुङकाे प्रमुख आतिथ्यतामा उदयपुरको गाईघाटमा भएको भेलाले तिलक राईको अध्यक्षतामा किरात खम्बुवान तदर्थ समिति गठन भएको हो ।

भेलाले उपाध्यक्षमा गौरी नारायण चौधरी, सचिवहरुमा फिरत चौधरी, लिजा राईलाई चयन गरेको छ भने सदस्यहरुमा महावीर राइ, प्रदिप तामाङ, सुकमाया दनुवार, सम्झना बस्नेत, रमेश राई, बिधान राई, नरबल राई र धन बहादुर बिश्वकर्मा (गजमेर) रहेका छन् । कोषाध्यक्ष लगायतका पदहरु रिक्त रहेको नव नियुक्त अध्यक्ष राईले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघीय अध्यक्ष गुरुङ्ले आगामी पुषमा हुने ऐतिहासिक प्रथम महाधिवेशन अगावै प्रदेश १ समिति, प्रान्तीय समितिहरु, जिल्ला, पालिका र वार्डहरुमा संगठन विस्तार सम्पन्न गर्न सबै नेताहरुलाई निर्देशन दिदैं चाँडोभन्दा चाँडो महाधिवेशन प्रतिनिधि तथा पर्यवेक्ष छान्न समेत बताएका छन् । देशको राजनीति अवस्था अत्यन्तै भयावह रहेको, प्रतिक्रियावादीहरु पहिचान विरुद्ध एकजुट हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै खतरा रहेको भन्दै अध्यक्ष गुरुङ्ले अब सबै पहिचानवादीहरु एकजुट भएर संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रलाई रक्षा गर्नु पर्ने बताए ।

मंगलबार आयोजित भेलामा पार्टीका केन्द्रीय उपाध्यक्षहरु एबी पन्धाक, अशोक चेम्जोङ, इन्दीरा मेन्याङ्बो, सचिव भविराज लिम्बु, चन्द्रनारायण चौधरी, सहसचिव पदम अधिकारी, पूर्णकला लिम्बु, केस धनबहादुर पन्धाक, अमर इजम, प्रयास बान्तवा, लिम्बुवान अध्यक्ष भुपेन्द्र मावो लगायतका नेताहरु कार्यक्रम सहभागी भएको थिए ।

तदर्थ समितिले आगामी ६ महिना भित्रमा पूर्णता दिन र किरात खम्बुवान अन्तर्गतका जिल्लाहरु ओखलढुंगा, सोलोखुम्बु, खोटाङ, भोजपुर र उदयपुरमा संगठनलाई शसक्त बनाउने समितिका नवनियुक्त अध्यक्ष राईले बताएका छन् ।

 

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;