कोचिला अध्यक्षमा त्रिनारायण राजवंशी : तेह्रथुम अध्यक्षमा दिलबहादुर सोदेम्बा

 लिम्बुवान न्युज
                       


दमक, १२ मंसिर । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) कोचिला राष्ट्रिय समितिको प्रथम भेला सम्पन्न भएको छ । शनिबार मोरङ्को रंगेलीस्थित होटल मेरिनाको सभाहलमा भएको प्रथम भेलाले त्रिनायारण राजवंशीको अध्यक्षतामा समिति गठन गरेको हो ।

पार्टीका केन्द्रीय उपाध्यक्ष इन्दीरा मेन्याङ्बोको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाले उपाध्यक्षहरुमा योगेन्द्र राजवंशी, दुखाराम माझी, मुख्य सचिवमा कृष्ण चौधरी, सचिवहरुमा छबिलाल राजवंशी र श्री तेज नारायण राजवंशी चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यहरु हरि चौधरी (झापा), राम बहादुर राजवंशी (मोरङ), तारा राजवंशी (झापा), गिता चौधरी (सुनसरी), नारायण महतो (मोरङ), दिनेश राजवंशी, कुसेशोर राजवंशी, राज राजवंशी र सन्तोष राजवंशी सहित १५ सदस्यीय तदर्थ समिति गठन भएको छ ।
कार्यक्रममा केन्द्रीय सचिवद्वय भबिराज तुम्सा, चन्द्र किमार चौधरी, सह–सचिव पदम अधिकारी, केन्द्रीय सचिवालयहरु धन बहादुर पन्धाक, दामोदर पाण्डे, के स लिम्बुवान प्रान्तिय समितिका अध्यक्ष भूपेन्द्र माबो, राजेन्द्र दाहाल, पदम चेन्जी माबो, नन्द याम्फु लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

भेलामा बोल्दै नेताहरुले पहिचान बिहिन प्रदेश १ को नाम कोशी खारेज गरि लिम्बुवान, किरात खम्बुवानको साझा पहिचानमा कोचिला सहित धिमाल लगायत पहिचानको अपनत्व हुने गरी प्रदेशको नाम पुनःनामाकरण गर्न संयुक्त आन्दोलनको बिकल्प छैन भन्दै आन्दोलनमा साझा धारणा बनाउन सबै पहिचानवादी दल लगायत संगठनहरुसँग प्रतिबद्धता जनाएका छन् । उनीहरुले उत्पिडित राष्ट्रियता नै बर्गिय रुपमा उत्पिडनमा परेकोले पहिचानको आन्दोलनलाई सामुदायिक समाजबादी कार्यक्रम मार्फत बर्तमानको माफियातन्त्रको अन्त्य गर्ने प्रतिबद्धता समेत जनाएको छन् ।

त्रिनारायण राजबंशीको सभाध्यक्षतामा भएको कार्यक्रमको संचालन के.स. बलराम खवासले गरेका थिए भने श्याम राजबंशीले स्वागत मन्तव्य राखेका थिए ।

तेह्रथुममा नागरिकको तदर्थ समिति गठन

यसैगरी तेह्रथुम जिल्लामा नागरिक उन्मुक्ति पार्टी (एकीकृत) समायोजन भएको सचिवालय सदस्य सेसेहाङ चोङबाङ्ले जनाएका छन् । आइतबार तेह्रथुमको म्याङलुङमा भएको एक भेलाले लोकतान्त्रिक सामाजवादी पार्टीका अध्यक्ष दिल बहादुर सोदेम्बा लगायत नेताहरु नागरिकमा समाहित हुँदै सोदेम्बाकै अध्यक्षतामा नयाँ जिल्ला तदर्थ समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा रुद्र तामाङ, सचिवमा प्रकाश थलङ, सहसचिवमा शुक्रराज चोङबाङ र कोषाध्यक्षमा दिपक लिम्बु थलङ चयन भएका छन् भने सदस्यहरुमा राम बहादुर तामाङ, राम बहादुर लिम्बु, भिमराज चोङबाङ र इन्द्रजित लिम्बु रहेका छन् । थप समिति विस्तार गर्दै लाने लिम्बुवान प्रान्तीय समितिका सचिव विजय निङलेखुलाई लिम्बुवानखबरलाई बताएका छन् ।

नेता निङलेखुले जिल्लाका सबै पालिका र वडाहरुमा संगठन विस्तारलाई तिब्रता दिने समेत बताएका छन् ।

 

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...