जसपा लिम्बुवान राष्ट्रिय समिति अध्यक्षमा जेन्टल लावती सर्वसम्मत चुनिए

 लिम्बुवान न्युज
                       


पाँचथर, मंसिर १२ । जनता समाजवादी पार्टी नेपाल, लिम्बुवान राष्ट्रिय समिति पुर्नगठन भएको छ । शनिबार पान्थरको फिदिमस्थित आयोजित एक कार्यक्रमले जेन्टल लावतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।
नवगठित समितिको उपाध्यक्षहरुमा एविराज आङदेम्बे, संजय मेवाहाङ राई, अग्नीमाया मेचे, मुख्य सचिवमा केदार धिमाल, सचिवहरु अजितकुमार धिमाल, हेमराज जिमि, सुश्मा राई र कोषाध्यक्षमा टूपेन्द्र एक्तेन रहेको जनाइएको छ ।
यसैगरी सदस्यहरुमा प्रदिप मादेन नानी, सुजित ओख्राबो, सजिव योङया, जकेन्द्र लावती, टि.आर. आङदेम्बे, क्षितिज लावती, रोहित आङबो, हेमराज माङमु (राकेश), कमल नेम्बाङ, काङ्सोरे सुन्दर लावती, विशेश्वरप्रसाद बेघा, मोहन देवान, बिक्रम लिम्बु लेक्वा, श्याम एक्तेन, प्रेमचन्द्र लेप्चा, मणि लुङगेली मगर, दिपा निङ्लेकु, देउमान चेम्जोङ, खड्क लिम्बु खाम्बेक, नारायणमान गुरुङ, किशोरचन्द्र इङनाम, मोहनक’मार धिमाल, श्रीप्रसाद धिमाल, रिता खापुङ, कमला रुम्दाली राई, लिला राई, सन्तोष कुरुम्बाङ, सोनिका आठपहरिया, सुर्य तमू, सुरेन्द्र सुहाङ र मनमाया आङदेम्बे रहेका छन् ।
कार्यक्रम लिम्बुवान समितिका अध्यक्ष खगेन्द्र माखिमको अध्यक्षतामा भएको थियो । त्यसैगरी कार्यकारिणी सदस्य रकम चेम्जोङ्को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको संचालन मुख्य सचिव केदार धिमालले गरेका थिए ।

नव गठित समितिका अध्यक्ष लावतीले आइतबार एक विज्ञप्ति जारी गर्दै पहिचानमा आधारित दश प्लस एक प्रदेशसँगै लिम्बुवान प्रदेश स्थापना गर्ने, लिम्बुवान प्रदेश सुनिश्चतताको लागि नेपालको अबको आठौँ प्रदेश लिम्बुवान प्रदेश भन्ने नारा सहित एकताबद्ध भएर अघि वढ्न आवह्वान गरिएको, जबसम्म प्रदेश न. १ को नाम पहिचानको आधारमा नामकरण हुँदैन् तब सम्म अविचलित रुपमा आन्दोलन जारी रहने बताए ।
उनले जारी गरेको ६ बुँदे विज्ञप्तिमा लिम्बुवानमा ब्याप्त भ्रष्टाचार विरुद्धमा शसक्त आन्दोलन गर्ने, गुणस्तरीय शिक्षा, सुलभ स्वस्थ्य, सुशासन, जनजिविकाका सवालहरुमा सधै आवाज बुलन्द गर्ने लगायतका निर्णयहरु गरिएको उल्लेख छ ।
१. जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिको पुनर्गठन कार्यक्रम मिति २०८० असोज १३ गते र कार्तिक १ गते स्थगन गरिएको थियो । सो स्थगित पुनर्गठन कार्यक्रम यहि मिति २०८० मंसिर ९ गते शनिबारको दिन समितीका अध्यक्ष श्री खगेन्द्र माखिम ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । सो पुनर्गठन बैठकमा जसपा, नेपालका कार्यकारिणी समिति सदस्यहरु रकम चेम्जोङ र रणध्वोज कन्दङ्वा ज्युको उपस्थिति रहेकोे थियो ।
विज्ञप्ति हेर्नुहोस्ः

सम्बन्धित समाचार

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...