पोक्लाबाङ माङ्गेना यकलाई मान्ने थरहरूको पूर्खा पुस्तासम्बन्धि छलफल

,   लिम्बुवान न्युज
                       


फेदाप, १६ कार्तिक । पोक्लाबाङ माङ्गेना यक मान्ने थरहरूको वंशावलीमा पुस्ता मिलानसम्बन्धि महत्वपूर्ण छलफल भएको छ । कात्तिक १२ र १३ गते फेदाप गाउँपालिकाको सभाहलमा भएको छलफल कार्यक्रमले उक्त पुस्ता मिलान गरेको हो । एकै पुर्खाका सन्तान छुट्टिएर बेग्लाबेग्लै थरमा परिणत भएपनि माङ्गेना यकलाई ति थरहरूलाई जोड्ने गर्छ ।

पोक्लाबाङ यकमा आङ्बुङ, कुरुम्बाङ, खापुङ, चेलिफुङ, तुम्बाहाम्फे, तेयुङ, निङ्लेकु÷खु, पंगेनहाङ, पंयाङ्गु, पंधाक, पाहिम, मुसाहाङ, लुङफुङ्वा, सम्बाहाम्फे, सिंगक, हुक्पा चोङबाङ, हुक्पा मादेम्बा, हाङश्रोङ थरहरू रहेका छन् भने यसै भेलामार्फत थाम्देन पनि पोक्लाबाङ यक मान्ने थरकै रूपमा पुष्टि भएको छ ।

पोक्लाबाङ माङ्गेना यक थाम्रुङ फेदापको उपसमिति वंशावली खोजअनुसन्धान समितिको आयोजनामा छलफल भएको हो । सबै थरका वंशावली, संकलक तथा सम्पादकहरूको उपस्थितिमा घनिभूत छलफल भई सबैको वंशावलीमा सेङसेङगुम फेदापहाङलाई मूल पूर्खाको रूपमा जोड्ने सहमति भएको छ ।

सेङ्सेङगुम फेदापहाङको नाती नामहाङदिङका दुईछोराहरू सिदिइङ र साङलाइङ रहेकोमा सिदिइङका सन्तानका रूपमा मुसाहाङ, तुम्बाहाम्फे, खापुङ, पंगेनहाङ, हुक्पा चोङबाङ, हाङस्रोङ, पाहिम, हुक्पा मादेम्बा, लुङफुङ्वा, कुरुम्बाङ, सम्बाहाम्फे, थाम्देन, पयाङ्गु, सिंगक, निङ्लेकु÷खु, थर बनेका देखिन्छन् । त्यसैगरी साङ्लाइङबाट आङ्बुङ, पंधाक, तेयुङ र चेलिफुङ थरहरू बनेका छन् ।

उपसमितिका संयोजक हर्कजङ कुरुम्बाङ, सदस्यहरू प्रवेग हाङ्स्रोङ र डिल्लिस्वर मुसाहाङले तयार पारेको छलफलपत्रलाई आधार मानी पुस्ता मिलानको कार्य सम्पन्न भएको हो । यद्यपि यो खोजअनुन्धान उपसमितिको अन्तिम निष्कर्ष नरहेको र उचित इतिहास प्राप्त भए फेरवदल हुनसक्ने पनि जनाएको छ ।

यस छलफल कार्यक्रममा सेङ्सेङगुम फेदापहाङसम्मको पूर्खालाई जोड्ने काम भएको र त्यसभन्दा माथिको पूर्खाको इतिहासलाई कसरी जोड्ने भन्ने सम्बन्धमा अध्येयता डीबी आङ्बुङले मानव सभ्यताको शुरुवातदेखि फेदापसम्मको आगमनको इतिहासबारे प्रष्ट पारेका थिए ।

यसअघि धरान, धनकुटाको नुन्थला, काठमाडौंमा पनि वंश इतिहासबारे छलफल भएको थियो ।

भेलामा मुन्धुम तथा संस्कृति खोज उपसमितिका संयोजक राज्यप्रसाद लुङ्फङ्वा र प्रकाशन उपसमितिका संयोजक देवेन्द्र खापुङले पनि आफ्ना योजनाहरूबारे जानकारी गराएका थिए ।

थाम्रुङ, माङ्गेना लुङधुङ र संग्राहलाय निर्माणधिन भवनको अवलोकन

छलफल भेलामा सहभागीहरूले पूर्खाहरू झरेको थाम्रुङ (थामा–खस्नु, लुङ– ढुंगा), माङगेना लुङधुङ (छुट्टिएको चिनो ढुंगा) र संस्थाको निर्माणधिन भवनको अवलोकन गरेका थिए ।

निर्माणधिन भवन सहरी विकास मन्त्रालयबाट बजेट आई निर्माणकार्य भइरहेको माङगेना यकका अध्यक्ष बिष्णु कुमार लिम्बु (सेसेहाङ) हुक्पाचोङबाङले जानकारी गराएका छन् । चाेडबाङ यस लिम्बुवान खबरडटकमका सम्पादक समेत हुन् ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;