शुक्रबार, १६ कार्तिक, २०८१ बिहानको १०:०१ बजे,
लिम्बुवान न्युज
दमक, १६ कार्तिक । गायक टिकाहाङ लिम्बुको स्वर रहेको गीत ‘बुकी फूल’ गीत सार्वजनिक गरिएको छ । भुपेन्द्र तुम्बाहाम्फेकाे निर्देशन तथा छायाङकन रहेकाे गीत बेलाबारी महाेत्सवमा सार्वजनिक गरिएकाे हाे ।
उक्त गीतकाे शब्द तथा संगीत मविन्द्र राईको रहेकाे छ भने गीतमा गिटार सन्देश थारु र ड्रम अवेथापा मगरको रहेकाे छ ।
रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा ऐशा तामाङ र निर्मल राईको फिचरिङ गरिएकाे छ । भिडियोमा ऐशा र निर्मलको प्रेमकथा देखाउन खोजिएको निर्देशक तुम्बाहाम्फेले बताए ।
भिडियोमा अनिल राणाको सम्पादन छ । निर्देशक तुम्बाहाम्फेले पुर्वका विभिन्न रमणीय दृश्यहरु समेटेर आकर्षक भिडियो बनाएका छन्। भिडियो द्रब्य ब्याण्डको अफिसियल यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।
दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...
काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...
दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...
ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...