‘आत्मानन्द कप’ मङ्सिर ९ गतेदेखि सञ्चालन हुने

 लिम्बुवान न्युज
                       

ललितपुर, १६ कार्तिक : १७ औं संस्करणको ‘आत्मानन्द कप’ अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आउँदो मङ्सिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७१ औं जन्मोत्सवको अवसरमा हुने गोल्डकपको तयारी तीब्र पारिएको बिहीबार पत्रकार सम्मेलन गरी आयोजक आत्मा-पवित्र खेलकुद समिति अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।

पश्चिमी इलामको माङसेबुङ गाउँपालिका-५ स्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा हुने प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता रहने निश्चित भएको अध्यक्ष आङबुहाङले बताए ।

प्रतियोगितामा नेपालबाट आयोजक आत्मा-पवित्र खेलकुद समितिसहित डिफेनडिङ च्याम्पियन पाँचथरको तुजोक युवा क्लब, इलामको माङसेबुङ गाउँपालिका, मोरङको सिरीजङ्गा स्पोर्टिङ क्लब, झापाको भाङबारी स्पोर्टिङ क्लब, दुधे युथ क्लब र चुलाचुली स्पोर्टिङ क्लब सहभागी हुनेछन् । त्यसैगरी पाहुना टोलीको रुपमा भारतको मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ सहभागी हुने निश्चित भएको सम्मेलनमा बताइएकाे छ ।

प्रतियोगिताको फाइनल मङ्सिर १७ गते हुनेछ । विजेताले नगद रु तीन लाख ११ हजार एक सय ७१ र उपविजेताले नगद रु दुई लाख पाँच हजार एक सय ७१ पाउनेछन् । त्यस्तै विधागततर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही रु पाँच हजार एक सय ७१ पाउनेछन् ।

जन्मोत्सवको अवसरमा फुटबलका साथै म्याराथन, छेलो हान्ने (पक्लुङ), लठ्ठा तान्ने, धनुषकाँण हान्ने, हाँडी फुटाउने, तेक्वान्दोलगायतका खेलहरु समेत सञ्चालन हुने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

माघ २५ देखि ‘पवित्रहाङमा कप’ हुने

दमक, ११ माघ । किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ आउदो माघ २५ गतेदेखि फागुन ३ गतेसम्म संचालन हुने भएको...

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...