‘आत्मानन्द कप’ मङ्सिर ९ गतेदेखि सञ्चालन हुने

 लिम्बुवान न्युज
                       

ललितपुर, १६ कार्तिक : १७ औं संस्करणको ‘आत्मानन्द कप’ अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आउँदो मङ्सिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७१ औं जन्मोत्सवको अवसरमा हुने गोल्डकपको तयारी तीब्र पारिएको बिहीबार पत्रकार सम्मेलन गरी आयोजक आत्मा-पवित्र खेलकुद समिति अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।

पश्चिमी इलामको माङसेबुङ गाउँपालिका-५ स्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा हुने प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता रहने निश्चित भएको अध्यक्ष आङबुहाङले बताए ।

प्रतियोगितामा नेपालबाट आयोजक आत्मा-पवित्र खेलकुद समितिसहित डिफेनडिङ च्याम्पियन पाँचथरको तुजोक युवा क्लब, इलामको माङसेबुङ गाउँपालिका, मोरङको सिरीजङ्गा स्पोर्टिङ क्लब, झापाको भाङबारी स्पोर्टिङ क्लब, दुधे युथ क्लब र चुलाचुली स्पोर्टिङ क्लब सहभागी हुनेछन् । त्यसैगरी पाहुना टोलीको रुपमा भारतको मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ सहभागी हुने निश्चित भएको सम्मेलनमा बताइएकाे छ ।

प्रतियोगिताको फाइनल मङ्सिर १७ गते हुनेछ । विजेताले नगद रु तीन लाख ११ हजार एक सय ७१ र उपविजेताले नगद रु दुई लाख पाँच हजार एक सय ७१ पाउनेछन् । त्यस्तै विधागततर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही रु पाँच हजार एक सय ७१ पाउनेछन् ।

जन्मोत्सवको अवसरमा फुटबलका साथै म्याराथन, छेलो हान्ने (पक्लुङ), लठ्ठा तान्ने, धनुषकाँण हान्ने, हाँडी फुटाउने, तेक्वान्दोलगायतका खेलहरु समेत सञ्चालन हुने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...