शत्रुधन चौधरीको अध्यक्षतामा जसपा, नेपाल झापा जिल्ला पुनर्गठित

,   लिम्बुवान न्युज
                       

दमक, १६ कार्तिक । जनता समाजवादी पार्टी, नेपालको झापा जिल्ला समिति पुनगर्ठन भएको छ । बुधबार झापाको दमकमा आयोजित एक कार्यक्रमका बिच जिल्ला पुनर्गठन भएको हो ।

शत्रुधन चौधरीको अध्यक्षतामा पुनर्गठित कार्य समितिका उपाध्यक्षद्वयमा रविलाल ताजपुरिया र साबित्रीकुमारी राजवंशी चयन भएका छन् । त्यस्तै सचिवमा विष्णु महतो, उप–सचिवमा आकाश लावती र कोषाध्यक्षमा नूतन झा चयन भएका छन् ।

पुनर्गठित समितिका सदस्यहरुमा क्रमशः लुखीराम मुर्मु, जितबहादुर राई, राजेन्द्र दियाली, राजेश राजवंशी, रञ्जना ढुङ्गाना, गुणराज राई, गोपाल ताजपुरिया र जयनारायण राजवंशी रहेकाे केन्द्रीय सदस्य तथा प्रेस मञ्चका अध्यक्ष कमन देवानलउ बताए ।

अशोक राई समूह जसपा नेपालबाट बाहिरिएपछि झापामा जिल्ला अध्यक्षसहित केही पदाधिकारी रिक्त रहेको थियो । ‘पहिचान र सङ्घीयताको आन्दोलनबाट उहाँहरु  भाग्नु भो । आन्दोलनमा निरन्तर पार्टी स्थापनाकालदेखि लागिरहेका हामीले संगठन र आन्दोलनालई थप उचाईमा पुर्याउने लक्ष्यका साथ जिल्ला समिति पुनर्गठनमार्फत पार्टी गतिविधि अगाडि बढाउने र झापामा ‘जनतासँग जसपा नेपाल अभियान सफल बनाउने कार्य प्रारम्भ गरेका हौँ’, जसपा नेपालका केन्द्रीय सदस्य धिरेन सुब्बा लावतीले बताए ।

बुधबारको कार्यक्रममा प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य जयराम यादवले पार्टीका धोकेबाजहरुलाई कुनै स्थान नरहेको जिकिर गरे । ‘बिगतमा गल्ती गर्नेहरु पार्टी छाडेर गैसके । अब पछाडि फर्केर उनीहरुको आलोचना गरेर बस्ने समय छैन । पार्टीको निर्दिष्ट लक्ष्य र उद्देश्य प्राप्तिमा हामी सबैको ध्यान जानु पर्छ ।’

कार्यक्रममा बोल्दै जसपा नेपालका केन्द्रीय सदस्य लोकसागर साम्बा, रङ्गलाला राजवंशी, प्रदेश १ अध्यक्ष दिपक याक्खा, मुख्यसचिव घनश्याम कट्वाल, पदमकुमारी लिम्बू,  ममाया आङ्देम्बेले शुभकामना मन्तव्य राखेका थिए ।

वक्ताहरूले अशोक राई समूह समाजवाद प्राप्तिको क्रान्ति र पहिचान, सङ्घीताको लडाँइबाट भागेको आरोप लगाए । त्यसैगरी  लिम्बुवान, जनमुक्तिलगायत पहिचान र संघीयताका निम्ति राजनीतिक आन्दोलनमा रहेका स–साना शक्तिहरुलाई आफूमा समाहित गरेर अगाडि बढ्न सके पार्टी थप मज्वुत हुने पनि उनीहरूले बताए ।

 

जसपा नेपाल केन्द्रीय सदस्य धिरेन सुब्बा लावतीको अध्यक्षतामा सम्पन्न पुनर्गठन कार्यक्रममा मधेश राष्ट्रिय समितिका अध्यक्ष तुलसीप्रसाद राजवंशीको सञ्चालन रहेको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;