शत्रुधन चौधरीको अध्यक्षतामा जसपा, नेपाल झापा जिल्ला पुनर्गठित

 लिम्बुवान न्युज
                       

दमक, १६ कार्तिक जनता समाजवादी पार्टी, नेपालको झापा जिल्ला समिति पुनगर्ठन भएको छ । बुधबार झापाको दमकमा आयोजित एक कार्यक्रमका बिच जिल्ला पुनर्गठन भएको हो ।

शत्रुधन चौधरीको अध्यक्षतामा पुनर्गठित कार्य समितिका उपाध्यक्षद्वयमा रविलाल ताजपुरिया र साबित्रीकुमारी राजवंशी चयन भएका छन् । त्यस्तै सचिवमा विष्णु महतो, उप–सचिवमा आकाश लावती र कोषाध्यक्षमा नूतन झा चयन भएका छन् ।

पुनर्गठित समितिका सदस्यहरुमा क्रमशः लुखीराम मुर्मु, जितबहादुर राई, राजेन्द्र दियाली, राजेश राजवंशी, रञ्जना ढुङ्गाना, गुणराज राई, गोपाल ताजपुरिया र जयनारायण राजवंशी रहेकाे केन्द्रीय सदस्य तथा प्रेस मञ्चका अध्यक्ष कमन देवानलउ बताए ।

अशोक राई समूह जसपा नेपालबाट बाहिरिएपछि झापामा जिल्ला अध्यक्षसहित केही पदाधिकारी रिक्त रहेको थियो । ‘पहिचान र सङ्घीयताको आन्दोलनबाट उहाँहरु  भाग्नु भो । आन्दोलनमा निरन्तर पार्टी स्थापनाकालदेखि लागिरहेका हामीले संगठन र आन्दोलनालई थप उचाईमा पुर्याउने लक्ष्यका साथ जिल्ला समिति पुनर्गठनमार्फत पार्टी गतिविधि अगाडि बढाउने र झापामा ‘जनतासँग जसपा नेपाल अभियान सफल बनाउने कार्य प्रारम्भ गरेका हौँ’, जसपा नेपालका केन्द्रीय सदस्य धिरेन सुब्बा लावतीले बताए ।

बुधबारको कार्यक्रममा प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य जयराम यादवले पार्टीका धोकेबाजहरुलाई कुनै स्थान नरहेको जिकिर गरे । ‘बिगतमा गल्ती गर्नेहरु पार्टी छाडेर गैसके । अब पछाडि फर्केर उनीहरुको आलोचना गरेर बस्ने समय छैन । पार्टीको निर्दिष्ट लक्ष्य र उद्देश्य प्राप्तिमा हामी सबैको ध्यान जानु पर्छ ।’

कार्यक्रममा बोल्दै जसपा नेपालका केन्द्रीय सदस्य लोकसागर साम्बा, रङ्गलाला राजवंशी, प्रदेश १ अध्यक्ष दिपक याक्खा, मुख्यसचिव घनश्याम कट्वाल, पदमकुमारी लिम्बू,  ममाया आङ्देम्बेले शुभकामना मन्तव्य राखेका थिए ।

वक्ताहरूले अशोक राई समूह समाजवाद प्राप्तिको क्रान्ति र पहिचान, सङ्घीताको लडाँइबाट भागेको आरोप लगाए । त्यसैगरी  लिम्बुवान, जनमुक्तिलगायत पहिचान र संघीयताका निम्ति राजनीतिक आन्दोलनमा रहेका स–साना शक्तिहरुलाई आफूमा समाहित गरेर अगाडि बढ्न सके पार्टी थप मज्वुत हुने पनि उनीहरूले बताए ।

 

जसपा नेपाल केन्द्रीय सदस्य धिरेन सुब्बा लावतीको अध्यक्षतामा सम्पन्न पुनर्गठन कार्यक्रममा मधेश राष्ट्रिय समितिका अध्यक्ष तुलसीप्रसाद राजवंशीको सञ्चालन रहेको थियो ।

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...