चुम्लुङले युनिक काेड किबाेर्ड गर्याे सार्वजनिक

 लिम्बुवान न्युज
                       

ललितपुर, १७ कार्तिक । बलिहाङ तङनाम कै समयमा किरात सिरिजंगा युनिक कोड किबोर्ड सार्वजनिक भएको छ । किरात याक्थुङ चुम्लुङ संघीय समितिले शुक्रबार साँझ जुम मार्फक सार्वजनिक गरेकाे हाे ।

युनिक कोड सार्वजनिक भएपछि सिरीजंगा लिपी युनिक कोडमा टाइप गर्न सहज हुने भएको छ । किरात याक्थुङ चुम्लुङ नेपाल र चुम्लुङ दक्षिण कोरियाको संयुक्त रूपमा आयोजना गरिएकाे उक्त कार्यक्रमबाटै प्रयाेग कर्ता सबैलाइ यसकाे व्यवहारिक प्रयोगमा ल्याउन आव्हान गरिएकाे छ ।

युनिक कोड सार्वजनिक गर्दै कार्यक्रमका पूर्व कुलपति बैरागी काइलाले लिम्बू भाषाको विकासको काममा सबैलाई साथ सहयाेग गर्न आग्रह गरे ।

किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनको अध्यक्षतामा भएको कार्यक्रममा युनिक कोड निर्माता प्राविधिक पवन चित्रकारले यसको प्रयोगका विषयमा जानकारी गराएका थिए ।

किरात याक्थुङ चुम्लङ दक्षिण कोरियाका अध्यक्ष दिर्ज काङभा लिम्बुले सार्वजनिक कार्यक्रममा स्वागत गर्दै लिपी र भाषालाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउँनु पर्नेमा जोड दिदै लिपीलाइ युनिकाेट मार्फत कम्प्यूटर र ल्यापटप मार्फत चलाउन सहजताका लागि प्रयाेग गर्न अनुराेध गरे ।

युनिक कोड निर्माण गर्न कियाचु दक्षिण कोरियाले आर्थिक संकलन थालेर २७ लाख ६ हजार सहयोग गरेको चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले जानकारी गराइन् । उनले चुम्लुङले भाषा सम्बन्धि काम गर्न २० लाख अक्षयकोष संकलन गरिएकाे वताइन् ।

कार्यक्रममा प्रज्ञा अमर तुम्याहाङ, डिबी आङबुङ लगायत भाषा तथा लिपी अभियन्ता तथा याक्थुङ सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...