कियाचू दक्षिण कोरिया अध्यक्षमा विनोद सावदेन

 लिम्बुवान न्युज
                       


ललितपुर, १८ कातिक । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको अध्यक्षमा विनोद सावदेन निर्वाचित भएका छन् । आइतबार नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाका अध्यक्ष विशन राईको प्रमुख आतिथ्यमा सम्पन्न कियाचु दक्षिण कोरियाको महाधिवेशनबाट विनोद सावदेनको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन् ।

नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा मनोज मादेम्बा, उपाध्यक्षमा क्रमशः बिरेन लिङदेन, माङ्सालुङमा तुम्बापोदुर्गा चेम्जोङ माबोहाङ, विराज ऐक्तेन, डम्बर केदेम, सरोज योङहाङ र रमेश लक्सम, महासचिवमा हर्क सुब्बा चेम्जोङ, सचिवमा डि बी योङहाङ, सह–सचिवमा उत्तम कुमार लिम्बू, कोषाध्यक्षमा बिरेन खेवा लिम्बू र सह–कोषाध्यक्षमा राजन सावदेन चयन भएका छन् ।

यसैगरी सदस्यमा क्रमशः समिर योङहाङ, मणि संयङ लिम्बु, रण बहादुर आङदेम्बे, सागर खजुम, रूपेस पालुङवा, चन्द्र लिम्बुू, श्रेहाङ ईधिङगा, धिरेन लिङज्याङ, बुद्धिवल लिम्बू, प्रकाश सावदेन, दिल कुमार लिम्बू, रिस्ता सावदेन, सिर्जना नेम्बाङ र रचना सावदेन निर्वाचित भएका छन् ।

महाधिवेशन किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाका निवर्तमान अध्यक्ष दीर्ज काङ्भा लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...

माघ २५ देखि ‘पवित्रहाङमा कप’ हुने

दमक, ११ माघ । किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ आउदो माघ २५ गतेदेखि फागुन ३ गतेसम्म संचालन हुने भएको...