कियाचू दक्षिण कोरिया अध्यक्षमा विनोद सावदेन

 लिम्बुवान न्युज
                       


ललितपुर, १८ कातिक । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको अध्यक्षमा विनोद सावदेन निर्वाचित भएका छन् । आइतबार नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाका अध्यक्ष विशन राईको प्रमुख आतिथ्यमा सम्पन्न कियाचु दक्षिण कोरियाको महाधिवेशनबाट विनोद सावदेनको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन् ।

नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा मनोज मादेम्बा, उपाध्यक्षमा क्रमशः बिरेन लिङदेन, माङ्सालुङमा तुम्बापोदुर्गा चेम्जोङ माबोहाङ, विराज ऐक्तेन, डम्बर केदेम, सरोज योङहाङ र रमेश लक्सम, महासचिवमा हर्क सुब्बा चेम्जोङ, सचिवमा डि बी योङहाङ, सह–सचिवमा उत्तम कुमार लिम्बू, कोषाध्यक्षमा बिरेन खेवा लिम्बू र सह–कोषाध्यक्षमा राजन सावदेन चयन भएका छन् ।

यसैगरी सदस्यमा क्रमशः समिर योङहाङ, मणि संयङ लिम्बु, रण बहादुर आङदेम्बे, सागर खजुम, रूपेस पालुङवा, चन्द्र लिम्बुू, श्रेहाङ ईधिङगा, धिरेन लिङज्याङ, बुद्धिवल लिम्बू, प्रकाश सावदेन, दिल कुमार लिम्बू, रिस्ता सावदेन, सिर्जना नेम्बाङ र रचना सावदेन निर्वाचित भएका छन् ।

महाधिवेशन किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाका निवर्तमान अध्यक्ष दीर्ज काङ्भा लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...