फाल्गुनन्द साकाेसकाे बार्षिक प्रतिवेदन पत्रकार सम्मेलन मार्फत सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक, २१ कार्तिक । दमकमा मूख्य कार्यालयसहित बिर्तामोड, झिलझिले र उर्लाबारीमा सेवा केन्द्र मार्फत सदस्यहरुलाई बित्तीय कारोबार प्रदान गरिरहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले बिहिबारदेखि इकाईगत १३औं बार्षिक साधारणसभा सञ्चालन गर्ने भएको छ ।

दमक–१ फाल्गुनन्द चौकमा मूख्य कार्यालय रहेको यस संस्थाले आज (बुधबार) बिहान पत्रकार सम्मेलन गरेर १३औं बार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ ।

सहकारी संस्थाका अध्यक्ष पदम लिम्बु (सकल्प) लिङ्देनको अध्यक्षतामा सञ्चालक समितिका पदाधिकारीहरु, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार समिति र कर्मचारीहरुको उपस्थितिबीच पत्रकार सम्मेलन गरेर बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदन सार्वजनिक कार्यक्रममा संस्थाकी उपाध्यक्ष फुलकुमारी नेम्बाङ् आङ्देम्बेले स्वागत मन्तव्य राखेकी थिइन् ।

सो पत्रकार सम्मेलनमा सहकारी संस्थाका प्रमुख कार्यकारी दिलिप जबेगुले संस्थाको १३औं बार्षिक साधारणसभाको तयारी, व्यवस्थापन र संस्थागत नीति, कार्यक्रम र योजनाका बारेमा विवरण प्रस्तुत गरेका थिए ।

प्रमुख कार्यकारी जबेगुका अनुसार संस्थाको बार्षिक साधारणसभा कार्तिक २२ गतेदेखि इकाईगत बिर्तामोड सेवा केन्द्रबाट १३औं बार्षिक साधारणसभाको शुभारम्भ गरेर मंसिर ५ गते मुख्य कार्यालयले दमकमा बिधिवत रुपमा माइन्युट प्रमाणिकरण गरिने बताए । मंसिर ५ गते दमक–६ पशुपति सेवा सदनको सभाहलमा बार्षिक साधारणसभा हुने भएको छ । वहाँका अनुसार कार्तिक २२ बिर्तामोड, २३ गते झिलझिले र २४ गते उर्लाबारी सेवा केन्द्रमा बार्षिक साधारणसभा सञ्चालन गरिने भएको छ । हालः संस्थाको बिर्तामोड, झिलझिले र मोरङको उर्लाबारीमा सदस्य सेवा केन्द्र सञ्चालनमा आएको छ ।

त्यस्तैं, सहकारी संस्थाले इलामको माङसेबुङ र चुलाचुलीमा समेत सेवा केन्द्र स्थापना गर्ने लक्ष्य राखेको प्रमुख कार्यकारी जबेगुले जानकारी दिए । जबेगुले संस्थाले सञ्चालन गरेको कतिपय नीतिगत योजना र कार्यक्रमहरु प्रभावकारी ढंङ्गले सञ्चालन गर्न नसकिएको बताए ।

सम्मेलनमा संस्थाका बित्तिय कारोबारमा संस्थाले गम्भिरताका साथ ऋण लगानी गरिहेको, बचतका विभिन्न शिर्षक अन्तर्गतका योजनाहरु सञ्चालनमा ल्याउन लागिएको सहकारी संस्थाका प्रमुख कार्यकारी जबेगुले जनाए । वहाँले यसअघि, नेपालसहित बिश्वभरी देखिएको माहामारी कोभिडको बिभिन्न चरणहरुले पुर्याएको आर्थिक मन्दि लगायत राजनीतिक तथा आर्थिक तरलताले सहकारी संस्थाले लगानी गरेको कर्जा असुल–उपर गर्न कठिनाई भएको समेत बताए ।

सहकारी संस्थामा २३ सय बढी शेयर सदस्यहरु छन् । त्यसमा महिलाको संख्या १२ सय बढी छ भने पुरुषको संख्या ११ सय बढी रहेकाे जनाएकाे छ ।

सदस्यहरुलाई प्रविधिमैत्री बनाउँदै लैजाने, कर्जाका शिर्षकमा १ लाखसम्म बिना धितो र २ लाख बढी कर्जामा धितो मार्फत लगानी गरिने भएको छ । कर्मचारीलाई आवश्यकता अनुसार घर–जग्गा र सवारी साधन खरिदमा रु. १० लाखसम्म लगानी गर्न सकिने तर कर्मचारीलाई व्यापार तथा व्यवसायको हकमा भने यो लगानी नहुने प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, संस्थाले स्वोरोजगारकोष मार्फत ऋण ल्याउन आवश्यक पहल गरिरहेको र त्यसलाई संस्थाले आफ्ना सदस्यहरु र साना व्यवसायीको हितका लागि कर्जा लगानी गर्न योजना बनाइरहेको प्रमु्ख कार्यकारी जबेगुले बताउनुभयो । संस्थाले कर्जा जोखिम न्यूनिकरणका लागि दमकस्थित एक बीमा कम्पनीसंगको सहकार्यमा बीमा मार्फत कर्जा लगानी सुभारम्भ हुने जानकारी गराइयो ।

संस्थामा रु ३ करोड ८६ लाख ७६ हजार ७ सय रुपैया शेयर पूंजी रहेको अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तैं, रु १२ करोड ७९ लाख २८ हजार ५९८ निक्षेप, रु १९ करोड ६९ लाख २३ जार १८० ऋण लगानी, रु २३ करोड ११ लाख ४१ हजार २२२ वासलत रहेको सो प्रतिवेदनमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा संस्थाको झिलझिले सेवा केन्द्रका व्यवस्थापक सन्दिप लावतीेले सञ्चालन गरेको पत्रकार सम्मेलन कार्यक्रममा प्रमुख सल्लाहकार जनकसेन जवेगु, संस्थाका कोषाध्यक्ष संगीता सेरेङ, सदस्य खड्ग राई, कमल योङहाङ सु्ब्बा, लेखा समितिका संयोजक वीरवहादुर लावती, शक्ति सावा, बिर्तामोड सेवा केन्द्र संयोजक चुडामणी अधिकारी, संस्थाका प्रमुख व्यवस्थापक कुबेर तुम्बापोलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

किरात धर्मगुरू लिङ्देनकाे ७१औ जन्मोत्सव भव्यरूपले मनाइदै

दमक, १८ मंसिर । सदाकाे बर्ष झै याे बर्ष पनि किरात धर्मगुरू लिङ्देन आत्मानन्द सेइङज्यूको ७१ औ शुभजन्मोत्सव तथा साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा महासमारोह भव्य रूपले हुने भएकाे छ । धार्मिक पर्यटकीय तीर्थस्थल इलामको...

आत्मानन्द गोल्ड कप २०८१  फुटबल प्रतियोगिताकाे उपाधि दुधे युथ क्लबलाई

दमक, १७ मंसिर । इलामको माङसेबुङमा जारि अन्तरराष्ट्रिय आत्मानन्द गोल्ड कप २०८१  फुटबल प्रतियोगिताकाे उपाधि दुधे युथ क्लब, झापाले पहिलो पटक चुमेको छ । आज सोमबार माङसेबुङ–५ स्थित आत्मानन्द रंगशालामा  भएको फाइनल खेलमा तिजोक युवा...

भुपेन्द्र तुम्बाहाम्फे मुन्चइत प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक, १५ मंसिर । याक्थुङ मुन्चइत चोक सयङ् प्रदेश नं. १ ’लिम्बुवान किरात’ को प्रथम अधिवेशन सम्पन्न भएको छ । झापाको दमकस्थित गोर्खाडिपार्टमेन्ट स्टोरको सहभालमा शनिबार आयोजित कार्यक्रमले भुपेन्द्र तुम्बाहाम्फेको अध्यक्षतामा कार्य समिति बनेको हो...

लिम्बु कथामा आधारिक चलचित्र “सुगुप”लाई राष्ट्रिय चलचित्र पुरस्कार सहित दुई लाख नगदले सम्मान

ललितपुर, १२ मंसिर । लिम्बु कथामा आधारित चलचित्र “सुगुप” विशेष चलचित्र पुरस्कार २०६० (२०२४) ले सम्मानित भएको छ । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको हस्तवाहुलीबाट नगद दुई लाख रुपैयाँ, सम्मानपत्र सहित पुरस्कृत भएको हो । चलचित्र...