दमक बहुमुखी क्याम्पसको १३औं सभा सम्पन्नः दर्जनौं सम्मानित

,   लिम्बुवान न्युज
                       


दमक, २३ कार्तिक । नेपालकै उत्कृष्ठ शैक्षिक संस्थामध्येमा पर्ने झापाको दमक बहुमुखी क्याम्पसको १३ औं क्याम्पस सभा बुधबार सम्पन्न भएको छ ।
बि.सं.२०३८ सालमा स्थापना भएको क्याम्पसले १३औं क्याम्पस सभा गरेको हो ।
कार्यक्रममा पूर्व प्रदेश सदस्य अर्जुन राई, दमक नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईं, क्याम्पस पूर्व सञ्चालक सुरेश सुब्बासहितले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा क्याम्पस सञ्चालक समिति अध्यक्ष ढुण्डीराज भण्डारीले सञ्चालक समितिको, क्याम्पस प्रमुख यज्ञराज गिरीले क्याम्पसको शैक्षिक एवम् आर्थिक र लेखा समिति संयोजक कुलबहादुर बस्नेतले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
चालु आर्थिक वर्षमा १३ करोड ५६ लाख ८९ हजार ३ सय १८ रुपैयाँ आम्दानी र १२ करोड ३७ हजार २ सय ८२ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । साथै आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि १६ करोड १८ लाख ५० हजार ६ सय ५० रुपैयाँ आम्दानी र १४ करोड १० लाख ५४ हजार ७ सय ३० रुपैयाँ खर्चको अनुमानित विवरण पनि प्रतिवेदनमा प्रस्तुत गरिएकोछ ।
सो अवसरमा २५ वर्ष सेवा पुरा गरेका ९ जना प्राध्यापक, ९ जना कर्मचारीकासाथै पूर्व प्राध्यापक, पूर्व कर्मचारी र अक्षयकोष दाताहरुलाई सम्मानित गरिएको थियो ।

सो क्याम्पसमा नेपालमा विज्ञानतर्फको नमूना प्रयोगशाला रहेको साथै ०६८ सालमा विश्वविद्यालय अनुदान आयोगबाट अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्यूएए प्रमाणपत्र प्राप्त गरी पूर्व क्षेत्रको प्रमुख शैक्षिक केन्द्र बनेको कार्यक्रममा चर्चा गरिएको थियो ।
दमक क्याम्पसमा प्लस टु तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा, स्नातकतर्फ वीएस्सी, वीवीएस, वीए, वीएड, वीएसडब्ल्यू, वीवीए, वीसीए तथा स्नातकोत्तरतर्फ एमवीएस, एमए, एमएड, नेपाली, अर्थशास्त्र र अंग्रेजी विषयमा पठनपाठन हुँदै आएको छ ।
पछिल्लो समय सुविधासम्पन्न भवन समेत निर्माण भएर गुणस्तरीय पठनपाठनमा अग्रसर क्याम्पसमा हाल ४ हजार ३ सय ४३ विद्यार्थी अध्ययनरत रहेका छन् ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;